काठमाडौं । काठमाडौंमा पिउनका लागि प्रयोग भइरहेका जार तथा मिनरल पानी शुद्ध नभएको भनिरहेका बेला दुधमा पनि कोलिफर्म तथा इकोलाई जिवाणु भेटिएको बताइएको छ । यसरी दुधमा पनि यस्ता हानिकारक जीवाणु भेटिएपछि काठमाडौं महानगरपालिकाका जनतामा त्रास उत्पन्न भएको छ ।

सफा र स्वच्छ भनी कतिपयले त काँचै पनि पिउने गरेका दुधका पोका अब रोगका पोकामा गणना हुने भएपछि दुधमा जनताको चासो कमी हुँदै गएको छ ।

स्वास्थ्यकर्मीहरु भन्छन् यस्ता खाले दुध पिउनुअघि १२५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा उमाल्नु पर्छ । उमालेको करिब १२ घण्टाभित्र पिइसक्नुपर्छ । यस्ता दुधबाट बनाइएका दही लायतका पदार्थ पनि खानका लागि योग्य नभएको बताइन्छ ।

खाद्य ऐनमा यसको व्यवस्था नभएकाले दुधमा गरिएको मिसावटलाई लिएर कार्वााही गर्न नसकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर