गुल्मी, जेठ १७ । गुल्मीको धुर्कोट गाउँपालिका–७ मा एक बालिका मृत अवस्थामा फेला परेको छ । धुर्कोट–७ वाग्लामा बालिक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराकुमार द्धिबेदीले जानकारी दिए ।

अन्दाजी १२ वर्षीय बालिका को शव सडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको पुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक अशोक श्रीवास्तबले बताए ।

शव पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । सडेकोले शव पहिचान गर्न समस्या भएको प्रहरीले बताएको छ ।

घटनास्थल वरपरका सबैलाई खबर गरेपनी कसैले बालिका हराएको कुनै उजुरी पनि प्रहरी कहाँ नआएको प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर