२५ हजार घुससहित चितवन जिल्ला मालपोतका कर्मचारी अख्तियारको फन्दामा

२५ हजार घुससहित चितवन जिल्ला मालपोतका कर्मचारी अख्तियारको फन्दामा

चितवन, जेठ १७ । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु भन्दै रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिएको बताइएको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि निगरानी गरिरहेको थियो ।