साढे ३३ किलो सुन प्रकरणः फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

साढे ३३ किलो सुन प्रकरणः फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर, जेठ १७ । पछिल्लो साढे ३३ किलो सुन र समग्रमा करिब करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री आफैले आत्मसमर्पण गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा समेत डिफ्यूजन नोटिस जारी गरिसकेको अवस्थामा उनले  जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाइदिने चाहिँ छिरिङ वालेङ घले भएको उनको बयान थियो ।