काठमाडौं, जेठ १७ । सुन तस्करी प्रकरणमा तानिएका तर हालसम्म बेखबर रहेका बहालवाला एस्एस्पी श्यामबहादुर खत्री बिहीवार एक्कासी जिल्ला अदालतमा मोरङमा उपस्थित भएपछि अब सुन तस्करको लस्कर लागेको छ । सनम हत्याकाण्ड र ३३ किलो सुन तस्करीबारे छानबिन गर्न बनेको छानबिन समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । उनीहरु सबैलाई सङगठित अपराध, अपहरण तथा शरीर बन्धन तथा कर्तब्यज्यान मुद्दा लगाइएको छ ।
सुन तस्करका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले दिएको बयानमा खत्री उम्कनै नमिल्ने गरी मुछिएपछि अदालतमा उपस्थित भएको स्रोतले बताएको छ ।
गोरेको बयानअनुसार तस्करी गरिएको सुन बिना चेकजाँच त्रिभुवन विमानस्थलबाट सिधै एस्एस्पी खत्रीको कोठामा लैजाने र त्यहाँबाट अनुकूल समयमा बाहिर ल्याई कहाँ पु¥याउने हो, त्यहाँ पु¥याउने गरिएको थियो । तर ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै निज खत्रीको कोठामा नपुगी बाहिरिएर लुटिएपछि उक्त तस्करी काण्डको छानबिन सुरु भएको हो ।
छानबिनको क्रममा फरार रही हाल आत्मसमर्पण गरेका एस्एस्पी खत्री त्यही ३३ किलो सुन काण्ड केही दिन मात्र पनि पक्राउ परेका थिए । तर काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाडेको थियो ।
छानबिनको सिलसिलामा यसअघि नै पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एस्एस्पी दिवेश लोहनी, एस्पी विकारराज खनाल, डिएस्पी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतका अधिकांश प्रतिवादीलाई पुर्पक्षका लागि जेल चलान गरिसकएको छ । आत्मसमर्पण गरेका खत्रीको बिहीबारदेखि नै थुनछेक बहस सुरु हुँदै छ ।