सिन्धुली । नेकपा (क्रान्तिकारी माओवादी)को जारी संगठन विस्तार तथा सुदृढीकरण अभियानको क्रममा सिन्धुलीमा पार्टी जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य गौरवको प्रमुख आतिथ्यता र स्थायी समिति सदस्य राजवीरको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनले नवीनको नेतृत्वमा २१ पूर्ण र ८ वैकल्पिक सदस्यसहित २९ जनाको जिल्ला कमिटि निर्वाचित गरेको छ ।
सिन्धुली ढुङ्ग्रेबास स्थित शिद्धवावा पार्टी प्यालेसमा नेता गौरवले उद्घाटन गर्नुभएको अधिवेशनलाई नेता गौरव, राजवीर, प्रभाकिरण, पूर्णकुमारी सुवेदी, उमेश मगरातीलगायत नेताहरुले शुभकामना दिनुभएको थियो । नवीनले अध्यक्षता गरेको अधिवेशनमा लोकेन्द्रले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सुवर्णले गर्नुभएको थियो । अधिवेशनमा पार्टी केस फुर्वा, भास्करलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।