काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा फेरि थप ६ वर्षिय कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । राष्ट्रपतीय निर्वाचनमा त्यहाँको प्रमुख प्रतिपक्षी गठबन्धनले निर्वान बहिस्कार गरे पनि शान्तिपूर्वक सम्पन्न निर्वाचनमा उनी निर्वाचित हुन पुगेका हुन् । निर्वाचनमा बहुमत प्राप्त माधुरो भेनेजुयलाका लोकप्रिय मजदूर नेता पनि हुन्, जसले पूर्वराष्ट्रपति ह्युगो चाबेजको उत्तराधिकारीको रुपमा भेनेजुयली जनताको नेतृत्व गर्दै आएका छन् ।
निर्वाचनमा खसेको कूल मत प्रतिशतका बारेमा विवादास्पद टिप्पणीहरु आए पनि भेनेजुएलाको निर्वाचन आयोगले ४६ प्रतिशत मत खसेको जनाएको छ । खसेको मतको ६७.७ प्रतिशत निर्वाचित राष्ट्रपति माधुरोको पक्षमा र २१.२ प्रतिशत मत उनका प्रतिद्वन्द्वी हेनरी फाल्कनको भागमा परेको छ ।
माधुरोको पक्षमा निर्वाचन मत परिणाम परे लगत्तै अमेरिका लगायत् पश्चिमा राष्ट्रहरुले भेनेजुयलाबाट आफ्ना दूताबासहरु हटाउने निर्णय सार्वजनिक गरेका छन् । संयुक्त राज्य अमेरिकाले त कराकासस्थित आफ्ना लगानी रहेका सबै उद्योगहरु बन्द गरिने चेतावनी दिंदै कडा नाकाबन्दी लगाउनेसम्मको कुरा गर्न थालेको छ ।
भेनेजुयलामा अमेरिकाविरोधी कम्युनिष्टहरुले फेरि सरकारमा पहुँच पाए भनेर पश्चिमा शक्ति राष्ट्रहरु निकै अत्तालिन पुगेका छन् । विश्वमा पुजीँवादी हैकम चलाउँदै आएको संयुक्त राज्य अमेरिकाको आफ्नो नाकैमुनि मादुरोले जित्दा नअत्तालिनु पनि किन र ?
अहिलेको निर्वाचनमा मादुरोले पराजय बेहोरुन् भनेर गरिएका सबै हर्कतहरुलाई उनले जनताको प्रत्यक्ष मत लिएर नाकाम साबित गरिदिएका छन् ।