यस्तो रह्यो क्रान्तिकारी युवा लिग १ नं. प्रदेशको ‘युवा प्रशिक्षण’ कार्यक्रमको उद्घाटन (फोटोफिचर)

यस्तो रह्यो क्रान्तिकारी युवा लिग १ नं. प्रदेशको ‘युवा प्रशिक्षण’ कार्यक्रमको उद्घाटन (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी ) निकट युवा संगठन क्रान्तिकारी युवा लिग नेपालको १ नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोह ओखलढुंगाको मोलुङ गाउँपालिकाको प्राप्चामा सम्पन्न भएको छ ।

पाँच दिनसम्म चल्ने युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक तालिमको महासचिव किरणले उद्घाटन गर्नुभयो । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, पार्टी पिविएमहरु इन्द्रमोहन सिग्देल, राम आचार्य, नगेन्द्र राई, केसहरु मिनकुमार राउत, केदार गुरागाई, वालकृष्ण राई, मनोज श्रेष्ठ, सीताराम बुढाथोकी, डिल्लीराम बोहरा,  हरिकृष्ण गजुरेललगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता लिगका १ नं. संयोजक रविन लिम्बूले गर्नुभएको थियो भने सञ्चालन ज्ञानु खतिवडाले गर्नुभएको थियो ।

१ नं. प्रदेशका सबै जिल्लाबाट सैयौं युवाहरु प्रशिक्षणमा सहभागी हुन ओखलढुंगा पुगेका छन् । क्रान्तिकारी युवाहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका दृश्यहरुलाई यहाँ हामीले फोटो फिचरको रुपमा प्रस्तुत गरेका छौं ।