सुर्खेत, जेठ ४ । ट्र्याक्टरले पैदल हिडिरहेका एकजना वृद्धलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय मनशा पाण्डेलाई सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे१त ६८६७ नंको ट्र्याक्टरले ठक्कर दिँदा पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताए ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला उनलाई ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टर चालक प्रेमराज घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको उहाँले जानकारी समेत दिनुभयो ।