काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गर्दै आइतबार विहान नेपालगञ्जबाट विनाकारण प्रहरीले पार्टी केस भुपेन्द्र न्यौपानेसहितका नेताहरुलाई गिरफ्तार गरेको घटनालाई ओली सरकारको निकृष्ट फासिवादको संज्ञा दिंर्दै गिरफ्तार गरिएका नेता न्यौपानेसहित बर्दिया सेक्रेटरी लोकेश र विध्यार्थी नेता आयुष न्यौपानेलाई अविलम्ब रिहाईको जोडदार माग गर्नुभएको छ ।
महासचिव किरणले वक्तव्यमा भन्नुभएको छ, “आज पाँच नं. प्रदेशको नेपालगञ्जबाट हाम्रो केन्द्रीय समितिका सदस्य क. भूपेन्द्र न्यौपाने, बर्दिया सेक्रेटरी क. लोकेश, विध्यार्थी नेता आयुष न्यौपानेलाई २९ गतेको ओली–मोदी गठबन्धन तथा राष्ट्रघातका विरुद्ध गरिएको विरोध प्रदर्शनलाई कारण बनाउँदै प्रहरी प्रशासनद्वारा अप्रत्यासित रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । हाम्रा पार्टीका कमरेडहरुको यस प्रकारको गिरफ्तारीलाई पार्टी निकृष्ट फासिवाद ठान्दछ र त्यसको घोर विरोध तथा भत्र्सना गर्दै केन्द्रीय सदस्य क. भूपेन्द्रसहितका कमरेडहरुलाई अविलम्ब रिहाई गनर्कका लागि जोडदार माग गर्दछ ।”
यसैबीच, क्रान्तिकारी माओवादी प्रदेश नम्बर ५ कार्यालय बुटवलले पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपानेसहित तीन जनाको रिहाईको माग गरेको छ । पार्टीका प्रदेश कार्यवाहक संयोजक केबी गुरुङले आइतबारै एक वक्तव्य जारी गरी उनीहरुको रिहाईको माग गर्नुभएको हो । नेपालगञ्जबाट बर्दिया जाने क्रममा आज बिहान बाटोमा हिडिरहेको अवस्थामा उनीहरुलाई बाँकेको खजुराको धनौलाबाट प्रहरीले विनाकारण पक्राउ गरि खजुरा इलाका प्रहरी कार्यालयमा राखिएको गुरुङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनीहरुलाई विना शर्त रिहाई नगरे कडा संघर्षमा उत्रिने विज्ञप्तीमार्फत गुरुङले चेतावनी दिनुभएको छ ।