बुटवल । आन्दोलनको समाचार संकलनका लागि जादाँ पक्राउ परेका पत्रकार रवि पाण्डेयलाई प्रहरीले रिहा गरेको छ । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भएको आन्दोलनको समाचार संकलनका लागि पुगेका पत्रकार पाण्डेलाई शनिवार दिउसो पक्राउ गरी साँझ रिहा गरेको थियो । पत्रकार पाण्डेय नवलपरासीको बर्दघाटबाट प्रकाशित स्थानीयपत्र साप्ताहिकका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ नवलपरासीमा आबद्ध रहेको जनाइएको छ । उनीसंगै पक्राउ परेका क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेशका कार्यबाहक सेक्रेटरी के.बी गुरुङ र प्रेमलाल रिमाललाई समेत प्रहरीले पक्राउपछि रिहा गरेको पत्रकार टेक मास्की रानाले बताउनु भयो ।

नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नम्बर ५ ले बुटवलको भुड्की चोकबाट आयोजना गरेको कार्यक्रमबाट उनीहरु पक्राउ परेका थिए । कार्यक्रममा पत्रकार टेक मास्की सहितका क्रान्तिकारी माओवादीका नेता कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको थियो । कार्यक्रम सकिनै लाग्दा आक्रोशित रुपमा आएका प्रहरीले आफूहरुमाथि दमन गरेको पोलिटब्युरो सदस्य तथा प्रदेशका कार्यबाहक सेक्रेटरी के.बी गुरुङले जनाउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण र यस समयमा गरिएका अभिनन्दन तथा सम्झौताहरुको विरोधमा कार्यक्रम भएको थियो ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादी प्रदेश नम्बर ५ ले बिज्ञप्ति जारी गरी सो पाटीका बाँके सचिव अर्जुन, नेता दिलबहादुर कठायत, विशाल शाही र विरबहादुर शाहीलाई तत्काल रिहा गर्न माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर