कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी)को आयोजनामा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको मदन चोकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीको पुत्ला जलाइएको छ ।
नेपालमाथि नाकावन्दी लगाउने भारतीय विस्तारवादी नाइके मोदी रहेको भन्दै क्रान्तिकारी माओवादीले मोदीको भ्रमणको विरोध प्रदर्शन गर्ने क्रममा दिउसो ४ बजे पुत्ला दहन गरिएको हो ।
क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले भारतीय विस्तारवादका विरुद्ध चर्का नाराजुलुस समेत लगाएका थिए । प्रहरीले धरपकड गर्न खोजे पनि प्रदर्शनकारीहरुको वलियो उपस्थितिले गर्दा प्रहरीले केही गर्न नसकेको विध्यार्थी नेता आरवि चिन्तकले बताउनु भयो ।