काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सन्दर्भलाई लिएर ओली सरकारले पञ्चायती निरंकुशता समेत बिर्साउने गरी जथाभावी गिरफ्तार गर्ने र दमन गर्ने शृंखला अघि बढाएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले शुक्रबार एक प्रेस वक्तव्य जारी गरी विना कारण मोर्चाका नेता कार्यकर्ताहरुको गिरफ्तारीको घोर निन्दा र भत्र्सना गर्नुभएको छ र गिरफ्तार नेता कार्यकर्तालाई अविलम्ब रिहाई गर्न माग गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, “आज अपरान्ह १ बजेतिर देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको असन अफिसमा विविध विषयमा छलफल गरिरहेका मोर्चाका सचिवालय सदस्य तथा केन्द्रीय कार्यालयका सचिव हरिकृष्ण गजुरेल, केन्द्रीय सदस्य गोर्की श्रेष्ठ, जिल्ला सदस्यहरु बोजराज श्रेष्ठ, विकास तमाङ, प्रकाशचन्द्र ढकाल लगायतका साथीहरुलाई प्रहरीले गिरफ्तार गरी विशाल बजारको जनसेवा प्रहरीबृत्तमा थुनामा राखेको छ । यसका साथै क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकासलाई पनि संकटाबाट गिरप्mतार गरि त्यसै ठाउँमा राखिएको छ । बिनाकारण गरिएको यो गिरफ्तारीको हाम्रो मोर्चा घोर निन्दा र भत्र्सना गर्दछ र अविलम्ब वहाँहरुको रिहाईको माग गर्दछ ।”