आँधीका कारण भारतमा ७७ जनाको मृत्यु

आँधीका कारण भारतमा ७७ जनाको मृत्यु

नयाँ दिल्ली । गएराति उत्तर प्रदेश र राजस्थानमा धुलोसहितको ठूलो हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु भत्किएका छन् ।

त्यसमा परी १४३ जना घाइते भएका छन् । घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन् ।

प्राप्त समाचारमा उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले केही व्यक्ति हराइरहेका पनि बताएका छन् ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् । राजस्थानका प्रहरी प्रमुखको जानकारी अनुसार उक्त राज्यको कम्तीमा पनि ७५ जिल्लामा हावाहुरीले ठूलो क्षति पु¥याएको छ ।