दिल्ली–काठमाडौं आउँदै गरेको बसमा १३५ अवैध मोबाइल, चालकसहित तीन पक्राउ

दिल्ली–काठमाडौं आउँदै गरेको बसमा १३५ अवैध मोबाइल, चालकसहित तीन पक्राउ

काठमाडौं, चैत २८ । भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा अवैध रुपमा मोबाइल ल्याइरहेको सूचनाका आधारमा प्रहरीले उक्त बसमा जाँच गरेको थियो ।

बसमा १३५ सेट महंगा मोबाइल भेटिएको र चालकसहित तीनजनालाई पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । बस कलंकीबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कृष्ण थापा, हरिबहादुर श्रेष्ठ र भुवन श्रेष्ठ रहेका छन् ।

बसभित्र फल्स बटम बनाई मोबाइल लुकाएर ल्याएको भेटिएको एसएसपी पोखरेलले बताए । यसअघि पनि दिल्लीबाट काठमाडौं आएको बस अवैध सामानसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।