अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । धादिङ नीलकण्ठ नगरपालिका–५ जरेबरका २६ बर्षिय राघव रिजालको मंगलबार उक्त दुर्घटनामा परि मृत्यु भएको हो । उनी अध्ययन सकेर व्यवसायमा संलग्न रहेका थिए । मृतकका एक दाई आमा बुबा अमेरिकामानै बस्दै आएका छन् ।

प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने परिवारले जनाएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिब भुपनारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु स्तब्ध भएको बताएका छन् ।