डिआईजी रमेश खरेलद्वारा राजीनामाको घोषणा

डिआईजी रमेश खरेलद्वारा राजीनामाको घोषणा

काठमाडौं, चैत २८ । डिआईजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन् ।

राजीनामा दिएको घोषणा गर्दै उनले फेसबुमा लेखेका छन्, ‘नव नियुक्त प्रहरी महानिरीक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलगिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजीमा सर्वोन्द्र खनाललाई आइजिपीमा बढुवा गरेको थियो । प्रहरी प्रमुखमा खनाललाई नियुक्त गरेसँगै खरेलले राजीनामा दिने निर्णय गरेका हुन् । प्रहरी प्रमुखका लागि खरेलसँगै खनाल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए ।