चितवनको भरतपुर महानगरमा देजमोको वडा कमिटि गठन

चितवनको भरतपुर महानगरमा देजमोको वडा कमिटि गठन

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ मा सम्पन्न भएको एक भेलाले देशभक्त गणतान्त्रिक मोर्चा, नेपालको वडा कमिटि गठन गरेको छ । भेलाले महादेव शर्माको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरेको हो । उक्त कमिटिको उपाध्यक्षमा रेशम लाल श्रेष्ठ, सचिवमा टेक प्रसाद बम्जन, सहसचिवमा जेनिसा परियार, कोषाध्यक्षमा नर बहादुर बिक र सदस्यहरुमा गज बहादुर बिक, पोषराज बिक, सुमित्रा दर्जी, अमित सापकोटा, बुद्धि बहादुर परियार लगायत रहेका छन् ।

देजमो केन्द्रीय सचिवालय सदस्य अम्बिका मुडभरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा पार्टी जिल्ला सदस्य बिपिन र बाबुराम प्यासीको पनि उपस्थिति रहेको थियो ।

भेलामा नवगठित सम्पूर्ण पदाधिकारी साथीहरूलाई देजमो केस अम्बिका मुडभरीले सफल कार्यकालको शुभकामना तथा धन्यवाद दिनु भयो ।