बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)को जारी संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियानको क्रममा बर्दियामा बिहीबार जिल्लाको गुलरिया नगरपालिका–२ गुजरानामा एक भेलाका बिच नेकपा (क्रान्तिकारी माओवादी) को गाउँ कमिटि गठन गरिएको छ ।
प्राप्त समाचार अनुसार इब्राइम गुज्जरको अध्यक्षतामा चार सदस्यीय पार्टीको गाउँ कमिटी गठन गरिएको हो । जसका सदस्यहरुमा हलिम, पिरू, सौखान रहनु भएको छ ।
भेलामा पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज सङ्कुल, केन्द्रीय सदस्य शिशिर, पार्टी डिसिएस लोकेशको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी पत्रकार आयुष न्यौपाने, जिल्ला पार्टी सचिवालय सदस्य लोकेन्द्र, युवाका संयोजक भुकम्प लगायतको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी उक्त भेलाले गुजरानामा गाउँ स्तरीय देजमोको कमिटी समेत गठन गरेको छ । भेलाले वावु गुज्जरको संयोजकत्वमा १६ सदस्यीय कमिटी गठन गरेको हो ।
उक्त कमिटीको पहिलो बैठकले स्थानीय समस्याहरूको विषयमा छलफल गर्दै स्थानीय निकायहरूमा माग पत्र बुझाउने र माग पुरा नभएमा आन्दोलनको तयारी गर्ने निर्णय समेत गरेको छ ।