‘सोफिया’ मा देखिएको प्राविधिक गडबडीका कारण कार्यक्रम रद्द

‘सोफिया’ मा देखिएको प्राविधिक गडबडीका कारण कार्यक्रम रद्द

काठमाडौं, चैत ७ । विश्वमै नागरिकता पाउने पहिले र चर्चित सेलिब्रेटी रोबोट ‘सोफिया’ मा प्राविधिक गडबडी आएपछि संयुक्त राष्ट्रसंघ विकास परियोजना (युनएनडिपी) ले बुधबार साँझ गर्ने भनेको सार्वजनिक अन्तरक्रिया कार्यक्रम रद्द गरेको छ ।

यसअघि, ‘सोफिया’ बुधबार काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्मेलनमा वक्ताको रुपमा उपस्थित भएकी थिइन् ।

कार्यक्रममा उनले प्रविधिको प्रयोगले सुशासन कायम राख्न सकिने पनि स्पष्ट पारेकी थिइन् । उनले नेपालजस्तो विकासोन्मुक देशको विकासको गतिलाई तीव्रता दिन पनि प्रविधिको सही उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

सोफिया मानिस सरह नागरिकता पाउने रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिना अघि महिलाको रुपमा नागरिकता दिएको थियो ।मानव स्वरुप र हाउभाउ भएकी सोफियालाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले निर्माण गरेको हो ।