काठमाडौं । २० औं साँस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश र अखिल नेपाल जनसाँस्कृतिक महासंघको संयुक्त आयोजनामा आज काभ्रेको अनेकोटमा एक विशेष कार्यक्रम गर्दैछ । कार्यक्रमलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले विशेष सम्बोधन गर्दै हुनुहुन्छ । दिवसको अवसरमा अनेकोटमा सहादत प्राप्त गर्ने साँस्कृतिक सहिदहरुका परिवारजनलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा‘सागर’, पार्टी केस तथा अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, महासंघकी ३ नं. प्रदेश संयोजक गौरी दाहाल लगायतका जनसाँस्कृतिककर्मी तथा नेताहरु कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) र अखिल नेपाल जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा ७ वटै प्रदेशका विभिन्न जिल्लामा पनि विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रतिरोध दिवस मनाइदैछ ।

आजभन्दा २० वर्ष पहिले २०५५ साल चैत्र ५ गते तत्कालीन राज्यसत्ताको प्रशासनले जनताका ७ जना क्रान्तिकारी कलाकारहरुलाई काभ्रेको अनेकोटमा सेल्टर लिएर बसिरहेको अवस्थामा घर घेराहाली आगो लगाएर बर्बरतापूर्ण हत्या गरेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ । उक्त घटनामा जनताका क्रान्तिकारी कलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरिएको थियो ।

थाङ्का लेख्न छाडेर युद्धमा होमिएका च्याङ्बा लामा उक्त टिमका कमाण्डर हुनुहुन्थ्यो । टिममा काभ्रेको होक्सेका चिनिमाया तामाङ, अनेकाटकै गुम्बा सिंह तामाङ, सिन्धुपाल्चोककी सुभद्रा सापकोटा, सिन्धुपाल्चोककै डम्बर श्रेष्ठ, सिन्धुलीकी निर्मला देबकोटा र सिन्धुलीकै मन्जु कुँवर हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर