“एक युवक क्रान्तिकारी छ कि छैन भनी हामीले कसरी जाँच्नु पर्छ ? हामी कसरी छुट्याउन सक्छौं ? यसमा एउटा मात्र कसी हुन सक्छ, त्यो हो उ मजदुर र किसानहरुको समूहसित एकाकार भई मिल्न इच्छुक छ कि छैन र व्यवहारमा त्यसै गर्छ कि गर्दैन । उ यसो गर्न इच्छुक छ र वास्तवमा यस्तै गर्छ भने उ क्रान्तिकारी हो; नत्र उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हो । उसले आज मजदुर र किसानहरुका समूहमा आफूलाई एकरुप पार्छ भने उ आज क्रान्तिकारी हुन्छ; भोली उ त्यसो गर्न छोड्छ र साधारण जनतालाई थिच्नतिर लाग्छ भने उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हुन्छ ।”
– माओत्सेतुङ, नौजवान आन्दोलन की दिशा, ४ मई १९३९, माओत्सेतुङ की संकलित रचनाएं (हिन्दी, रेडबुक) विदेशी भाषा प्रकाशन गृह, पेकिङ १९७३), ग्रन्थ २, पृष्ठ ४३३ ।
फाल्गुन २१ गते झापा विद्रोहका योद्धाहरुले नेपालको धर्तीमा, इलाम जिल्लाको सुखानीको घनघोर जंगल भित्र रगतको खोलो बगाएको दिन हो । आजैका दिन अर्थात् २०२९ साल फाल्गुन २१ गते राती झापा विद्रोहका योद्धाहरु रामनाथ दाहाल, नारायण श्रेष्ठ, वीरेन राजवंशी, कृष्ण कुइकेललाई झापाबाट इलाममा जेलमा सार्ने वहानामा तत्कालिन निरंकुश तथा तानाशाही पञ्चायती शासकहरुले गोली ठोकी निर्ममतापूर्वक हत्या गरिएको दिन हो । यस दिनलाई नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले सहिद दिवसको रुपमा मनाउँदै आएका छन् ।
नेपाली क्रान्तिकारी माओवादीहरुले आजको दिनलाई सहिद सप्ताहको अन्तिम दिनको रुपमा मनाउदै आएका छन् । २०५२ साल फाल्गुन १ गते देखि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले नयाँ जनवादी राज्यव्यवस्था स्थापनाको लक्ष्य राखेर सशस्त्र जनयुद्धको थालनी गथ्र्यो । २०५२ सालमा फाल्गुन १४ गते तत्कालीन नेपाली कांग्रेसको प्रतिक्रियावादी सरकारले माओवादी भएको आरोपमा गोरखाका कमरेड दिलबहादुर रम्तेललाई गोली ठोकेर पाशविक ढंगले हत्या ग¥यो । २०५२ साल फाल्गुन १४ गते ऐतिहासिक माओवादी जनयुद्धको क्रममा नेपाली आमाका आँटी तथा असल छोराछोरीहरुले नेपाल राष्ट्र र नेपालका शोषित, पीडित आम जनताको मुक्तिको खातिर नेपाली धर्तिमा रगतको खोलो बगाउने थालनीको दिन हो । त्यसको ठिक एकदिन पछि २०५२ साल फाल्गुन १५ गते रुकुम जिल्लाको पिपल गाविसको मैलगैरीमा घरभित्र बसीरहेका ६ जना खत्री बन्धुहरुलाई तत्कालिन फाँसीवादी सरकारले गोली हानेर हत्या गरेको दिन हो । त्यसै गरी दश वर्षसम्म संचालन गरिएको महान जनयुद्धको प्रक्रियामा दशौं हजार नेपाली आमा ती आँटी तथा असल छोराछोरीहरु महान सहिदको कोटीमा दर्ज हुन पुगेका थिए । हजारौंलाई घाइते, अपाङ्ग र विपत्ता पारियो । यी महान् व्यक्तिहरु अधिकांश युवा–युवतीहरु नै थिए ।
झापा विद्रोहलाई छोटै समयमा राज्यद्वारा मित्रण दमन चलाएर दवाइयो । महान् जनयुद्ध भने दश वर्षसम्म संचालन गरियो । महान् दश वर्षे जनयुद्ध समग्र वर्गयुद्ध थियो । त्यसले नेपाली समाजको हरक्षेत्रमा अर्थात् राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा समेत ठूलो परिवर्तन र रुपान्तरण ल्याइ दियो । त्यसैले महान् दश वर्षे जनयुद्ध नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमा एउटा अमर गाथाको रुपमा रहेको छ ।
त्यस महान् दश वर्षे जनयुद्धको प्रक्रियामा लाखौं नेपाली युवायुवतीहरु लामबद्ध भएका थिए । पार्टी संगठनहरु, जनवर्गीय तथा मोर्चा संगठनहरु र जनमुक्ति सेनामा समेत लाखौं युवा पक्ति संमिलित भएको थियो । जनमुक्ति सेनामा ठूलो संख्यामा नेपाली महिलाहरु त्यसमा पनि युवतीहरु सरिक रहेका थिए । लाखौं नेपाली महिला युवायुवतीहरु महान् दश वर्षे जनयुद्धमा लामबद्ध भएको इतिहासमै पहिलो परिघटना हो ।
समाज परिवर्तनमा, राजनीतिक परिवर्तनमा र क्रान्तिमा युवा समुदायको ठूलो महत्व रहेको हुन्छ र उनीहरुले ती ऐतिहारिक परिस्थितिहरुमा महत्वपूर्ण योगदान पु¥याएका हुन्छन् ।
मानव सभ्यताको इतिहासदेखि आजसम्म हामीले गहिरो गरि अध्ययन ग¥यौं भने हामीले युवा समुदायले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाउँदछौं । आदिम साम्यवादलाई छोडेर दास युग होस्, या सामन्तवादी युग, पुँजीवादी युग होस् वा समाजवादी युग, यी सब युग परिवर्तन गराउँनमा युवा समुदायले नै महत्वपूर्ण योगदान पु¥याएको हामीले इतिहासबाट प्राप्त गर्दछौं ।
पश्चिम युरोपको पुनर्जगरणको बेला होस या फ्रान्सीसी राज्यक्रान्ति, विश्वमा चलेका साम्राज्यवादी उपनिवेशवादका विरुद्ध गरिएको राष्ट्रिय स्वाधिनताका आन्दोलन हुन् वा पेरिस कम्युनको निर्माण, महान रुसी अक्टुबर समाजवादी क्रान्तिमा होस वा चीन, भियतनाम, कोरिया, क्युबा आदि देशमा गरिएका मुक्तियुद्धमा होस् त्यहाँ पनि लाखौं, करोडौं युवा समुदायले रगत र पसिनाको खोला बगाउदै समाज परिवर्तनमा अत्यन्तै महत्वपूर्ण तथा बलिदानीपूर्ण योगदान पु¥याएको हाम्रो सामु इतिहास साक्षी छ ।
नेपालकै राजनीतिक इतिहासबाट पनि हामी के पाउँछौ भने १०४ वर्षे जहानीया राणा शासनको अन्त्यको लागि होस या ३० वर्षे तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गर्ने आन्दोलनमा होस वा महान् दश वर्षे जनयुद्धको प्रक्रिया हुदै २४० वर्षे शाहवंशीय राजतन्त्रको अन्त्य गर्ने राजनीतिक आन्दोलनमा लाखौं नेपाली युवायुवतीहरु अग्रपंक्तिमा उभिएर वीरतापूर्ण लडाई लडेको यथार्थ इतिहासको गौरवपूर्ण गाथा हाम्रो सामु जीवन्त छ ।
त्यसैले भन्ने गरिन्छ युवा भनेका भविष्यका कर्णधार हुन्, देश निर्माणका कर्णाधार हुन् । यही प्रसंगमा राजनीतिक परिवर्तन र देश निर्माण र नयाँ विश्वको सिर्जना गर्ने शक्तिको रुपमा रहेका युवाहरुका बारेमा विश्वसर्वहारा वर्गका महान् नेता तथा चिनीयाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङ अगाडि भन्नु हुन्छ, – “संसार तिमीहरुको हो, हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरुकै हो । शक्ति र चेतनापूर्ण तिमी युवाहरु विहान आठ–नौ बजेको सूर्य झै जीवनको फक्रंदो बेलामा छौं । हाम्रो आशा तिमीहरुमै रहेको छ । ……….. संसार तिमीहरुको हातमा छ । चीनको भविष्य तिमीहरुकै हातमा छ ।” “मास्कोमा चीनीया विद्यार्थी र तालिमेहरुको सभामा प्रवचन” (नोभेम्बर १७, १९५९), अध्यक्ष माओत्सेतुङका उद्धृत उक्तिहरु, विदेशी भाषा प्रेस, पेकिङ १९७२ ।
त्यस्तै कमरेड माओले ४ मई १९५९ का दिन मई ४ आन्दोलनको बीसौं वार्षिकउत्सवको अवसरमा यनानका युवाहरुलाई संबोधन गर्ने क्रममा ४ मै १९१९ को चीनको ऐतिहासिक ४ मई आन्दोलनको स्मरण गराउँदै र त्यसको महत्व र त्यस आन्दोलनले चीनीया कम्युनिष्ट आन्दोलन र क्रान्तिको अभियानमा पारेको प्रभाव पारे अत्यन्तै शालिन ढंगले प्रकाश पार्नु भएको थियो ।
यसका अतिरिक्त फरवरी २७, १९५७ का दिन जनताका अन्तर्विरोधहरुको सही सञ्चालनका विषयमा प्रबल दिने क्रममा कमरेड माओले भन्नु भएको छ, “हामीले हाम्रा सबै तन्नेरीहरुलाई हाम्रो देश अझै गरीब छ, हामीले यस अवस्थालाई तुरुन्तै छोटो अवधिमा फेर्न सक्तैनौं, र हाम्रो नयाँ पुस्ता र हाम्रा सबै जनताको संयुक्त प्रयासबाट उनीहरुका आफ्नै हातले मात्र चीनलाई कैयौं दशकमा बलियो र समृद्ध तुल्याउन सक्छौं भन्ने कुरा बुझाउन कोशिश गर्नैपर्छ । हाम्रो समाजवादी व्यवस्थाको स्थापनाले भविष्यको आदर्श समाजतिर लाने बाटो खोलिदिएको छ तर यस आदर्शलाई वास्तविकतामा परिणत गर्नु हाम्रा कडा परिश्रममा निर्भर छ ।”
माओत्सेतुङ “जनताका अन्तरविरोधहरुको सही सन्चालनका विषयमा” (फरबरी २७। १९५७), अध्यक्ष माओत्सेतुङका उद्धृत उक्तिहरु (पृ. ३२७)
हामीले विश्वका ठूला वैज्ञानिकहरुले विविध क्षेत्रमा गरेका खोज, अनुसन्धान र आविष्कारको इतिहास हे¥यौं भने के पाउँछौं भने ती अधिकांस महान वैज्ञानिकहरुले पनि युवाअवस्थामै नै आफ्ना खोज अनुसन्धानहरु पुरा गरेको पाउछौं । जस्तो कि वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले पनि युवाअवस्थामै विख्यात कम्युनिस्ट घोषणापत्रको घोषणा आफ्नो युवाअवस्थामा सम्पन्न गर्नु भएको थियो । माक्र्सवादको अनुसन्धान पनि युवा उमेरमै गर्नु भएको थियो । कम्युनिष्ट घोषणापत्र जारी गर्ने बेला कार्ल माक्र्स ३० वर्षको हुनुहुन्थ्यो भने फ्रेडरिक एंगेल्स जम्मा २८ वर्षको । अतः यी तथ्यहरुबाट के पाठ सिक्न सकिन्छ भने युवा अवस्थामै नै मानिस ठूलो योगदान पु¥याउन सक्छ, समाजलाई अपकल्पनीय इतिहासबाट प्राप्त शिक्षा हो ।
हामी नेपाली हौं । हामी नेपालमै महान नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुदै वैज्ञानिक साम्यवादसम्म पुग्न चाहन्छौं । नेपाली समाजलाई अन्तिममा वैज्ञानिक साम्यवादी समाजसम्म पु¥याउन चाहन्छौं । यो हाम्रो प्रतिबद्धता पनि हो ।तर नेपाल धेरै गरीब देश छ । यो देश धेरै पिछडिएको र अशिक्षित देश पनि हो । बेरोजगार, अभाव र गरीबीले ग्रस्त देश हो हाम्रो नेपाल । आजसम्मका यहाँ शासकहरुले देश र जनता प्रति अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडन मात्रै थोपर्दै आएका छन् । राष्ट्रिय स्वाधिनतामाथि सौदा बाजी गर्दै आएका छन् र नेपालका नदीनालाहरु भारतलाई विनामूल्य विक्री गर्दै आएका छन् ।
आजसम्मका यहाँका शासकहरु साम्राज्यवाद र विशेष गरी भारतीय विस्तारवादका सामु लमपसार परेर आत्मसमर्पण पर्दैै आएका छन् । भारतीय विस्तारवादी शासकहरुसँग असमान तथा अपमानजनक सन्धि संझौता गर्दै आएका छन् र राष्ट्रलाई बन्दकीमा राखेर नेपाली जनतामाथि शासन र शोषण लात्दै आएका छन् । वेरोजगारी र अभावका कारण आज भारत प्रवास हुदै तेस्रो विश्वका अनेक राष्ट्रहरुमा समेत करीब एक करोड युवाशक्ति रोजगारीका लागि विदेश पलाइन भइरहेको छ । त्यहाँ पुगेर उनीहरुले नाटकीय जीवन ज्यून बाध्ये छन् । यता शासकहरु रेमीटेन्सले मुलुक चलेको गफ लगाइरहेका छन् ।
भ्रष्टाचार, घुसखोरी, कालोबजारी, कमीशनखोरी, तस्करी, अनिमियताका कारण देश बर्बादीको डिलमा पु¥याइएको छ । गास, बास, कपासको कुनै ग्यारेन्टी छैन । शिक्षा, स्वास्थ्य र यातायातलाई नीजिकरणमा सुम्पिएकै कारण आर्थिक भारले आम नेपाली जनताको ढाड सेकिएको छ । महंगी र अभावले इतिहासमै आकास छोएको छ ।
विगतका राजनीतिक आन्दोलनहरु २००७ साल, २०४६ साल २०६२।२०६३ का आन्दोलनहरु संझौतामा टुंगी आएका कारण जनताले परिवर्तनको अनुभूतिसम्म पाउन सकिरहेका छन् । वैदेशिक हस्तक्षेप बढेर गएको छ । शासकहरु विदेशी शक्तिका दास र कमारा कमारी सरह भएर शासन चलाइरहेका छन् । राष्ट्रिय स्वाधिनता धरापमा पर्दै आएको छ ।
महान् दश वर्षे जनयुद्धमा लाखौं नेपाली जनताले ठूलो मात्रामा रगत र पसिना बगाए । तर जनयुद्धको मुख्य नेतृत्व गरेर आएका पुस्पकमल दाहाल प्रचण्ड समुहले जनयुद्धका सबै उपलब्धीहरुलाई प्रतिक्रियावादीहरुलाई, देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुलाई बेचेर आज एमालेभित्र विलय हुन पुगेको छ र महान दश वर्षे जनयुद्धका उपलब्धीहरुको अवसान गराउन सफल भएको छ ।
वामगठबन्धनका नाममा जनतालाई झुक्याएर एमाले–माकेले भोट बटुलेर आज सत्तामा आसिन हुन पुगेका छन् र दलाल तथा पुजीपतिवर्ग, नोकरशाह तथा सामन्तवर्गको राज्यसत्ताको प्रतिनिधित्व गर्न पुगेर समाजवाद र मुलुकको समृद्धिको झूठो नारा फकालीरहेका छन् । आज संघीयताका नाममा सिंहदरबारबाट हुदै आएको भ्रष्टाचार अब प्रदेश र गाउ गाउँसम्म पु¥याउने संरचनाहरु तयार पारेर बसेका छन् । अव भ्रष्टाचार इतिहास मै देशव्यापी रुपमा मौलाएर आउने वाला छ । नेपाली जनताको जीवनस्तर निम्नस्तरबाट गिरेर अत्यन्तै कठिन र जर्जर बन्दै गएको छ ।
एकातिर मुलुकको यस्तो स्थिति छ भने अर्कोतिर मालेमावादको पथप्रदर्शन र निर्देशनमा चल्दै र पुनर्गठित हुदै आएको नेकपा (क्रान्तिकारी माओवादी) देशभरी छरिएर रहेका क्रान्तिकारीहरुलाई ध्रुबीकरण र एकीकरणको माध्यमबाट एकीकृत गर्दै महान दश वर्षे जनयुद्धको आधारमा सशस्त्र जनविद्रोह मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गरेर जनवाद, वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने लक्ष्य र प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ ।
देश अझैसम्म पनि अर्धसामन्ती नवऔपनिवेशिक अवस्थामा रहेको छ । हामीले वर्तमान नेपाली समाजको ठोस विश्लेषण गरेर नेपाली नयाँ जनवादी क्रान्तिको कार्यक्रम पनि जनताका बीचमा प्रस्तुत गर्दै पनि आएका छौं । हाम्रो क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवाद हो भने अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद हो ।
हाम्रो क्रान्तिको नेतृत्वदायी शक्ति नेकपा (क्रान्तिकारी माओवादी) हो भने क्रान्तिको मुख्य शक्ति मजदुर किसानहरु हुन् । यिनीमै भर परेर, नेपाली जनतामै भर परेर हामीले क्रान्ति सम्पन्न गर्ने हो ।
महान् नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने हाम्रो प्रतिबद्धता हो । यो कर्तव्य हामीले पुरा गर्नै पर्ने छ । माथि पनि चर्चा गरिएको छ । विगतको स्वदेश तथा विदेशका थुप्रै अनुभवहरु हामी सितै छन् । महान् दश वर्षे जनयुद्ध र अन्य राजनीतिक आन्दोलनहरुमा लाखौं नेपाली युवाहरुले रगत र पसिनामात्रै बगाउदै आएका छै्रनन् जीवन समेत समर्पित गर्दै आएका छन् देश र जनताका लागि ।
महान् नेपाली क्रान्तिको यो यात्रालाई लक्ष्यसम्म पु¥याउनको निम्ति फेरी पनि लाखौं, करोडौं युवाहरुको विगतमा झैं खांचो र आवश्यकता पर्ने छ नै । त्यसका लागि पार्टीको वरिपरि र मुलुकको पहरेदारको रुपमा मात्र नभएर मुलुकको परिवर्तनको नीति निम्ति समर्पित भएर खडा हुन जरुरी छ ।
जोस, जाँगर, त्याग, समर्पण, तागत र भविष्यको खोजी गर्ने गुण र विशेषताहरु युवा पंक्तिमा बढि मात्रामा हुने भएकाले फेरी पनि ठूलो पैमानामा क्रान्तिको लागि युवा शक्तिको आवश्यकता पर्नेछ । त्यो ऐतिहासिक खाचो पुरा गर्नको निम्ति नेपाली युवा समुदायले आफूलाई मालेमाको सिद्धान्तबाट आफूलाई लैस पार्दै लैजाने र माक्र्सवादी ज्ञानभण्डारमा पनि आफूलाई पोख्त पार्नका निम्ति विगतभन्दा पनि बढि परिश्रम त गर्नै पर्ने हुन्छ । एक माथि पनि भनिएको एउटा युवा क्रान्तिकारी नवनीकन जीवनभर क्रान्तिमा लागिरहन पपिन असम्भव हुन्छ । त्यसो भएर युवाहरु पहिले क्रान्तिकारी हुन जरुरी छ । त्यसको निम्ति मालेमावादको सैद्धान्तिक विद्यालय महाविद्यालय भर्ति भएर खारिनु पर्नेछ । हाम्रो वैचारिक स्तरको विकास किताबी अध्ययन मात्रै नभएर वर्ग संघर्ष नै मुख्य भएकाले युवाहरु वर्गसंघर्षको यही महीमा पसेर खारिनु अनिवार्य सर्त हो । त्यसको निम्ती क्रान्तिकारी युवाहरु तयार हुन जरुरी छ । यहाँ उल्लेख गर्न खोजिएको क्रान्तिकारी युवाहरुको बारेमा जो यस विषयमा क. माओ अगाडि भन्नुहुन्छ, जो हजारौं मारबाट हुने मृत्युदेखि डराउँदैन उसले नै वादशाहलाई घोडाबाट खसाल्ने आँट गर्दछ ।” समाजवाद र साम्यवादको निर्माण गर्न हाम्रो संघर्षमा चाहिने दुर्जय भावना यही हो (उही पृ. २९३) । नेपाली युवाहरुले माओका यी भनाइलाई आत्मसात गर्न जरुरी छ ।
एकातिर शासक वर्गहरु देश भित्र बेरोजगार र अभाव कायमै राखेर, युवा शक्तिलाई निरास बनाउने रोजगारीका लागि विदेश पलाउने र क्रान्तिमा भाग लिनबाट अलग्याई दिने षडयन्त्रपूर्ण ढंगले वातावरण निर्माण गरिरहेका छन् । त्यस्तै अर्कोतिर दक्षिणपन्थी, संशोधनवादी तथा सुधारवादी नवसंशोधनवादीहरुले हजारौं युवाहरुलाई संसदीय स्वार्थहरुमा हुलेर क्रान्तिप्रति लाग्न निश्क्रिय तुल्याउने, विभिन्न संसदीय लोभलालचमा फसाउने स्वार्थी बनाउने, विभिन्न गैर सरकारी संघ संस्थामा अल्झाउने षडयन्त्रमा लागेका छन् । साथै सत्ताधारीहरुले पश्चिमा अस्लिल तथा छाडा साहित्य र संस्कृतिलाई दिशाभित्र निर्वाध रुपमा भित्र्याउने, कुरुप र पाखण्डी संस्कृतिको विकास गरेर नेपाली युवा पंक्तिलाई पंगु बनाएर क्रान्तिबाट विमुख बनाउने षडयन्त्र भइरहेको छ ।
क्रान्ति विरोधी देशी विदेशी प्रतिक्रियावादीहरु गरिने यस प्रकारका विकृतिबाट जोगिएर देशभक्त, प्रगतिशील एवं क्रान्तिकारी युवा युवतीहरु माक्र्सवादी, प्रगतिवादी, एवम् यथार्थवादी समाजवादी साहित्य, कला र संस्कृतिले लैस हुदै जाने र जनवादी संस्कृतिमा आफूलाई ढाल्दै लैजान जरुरी छ । र कुनै प्रकारका कुसंस्कृति र संस्कारबाट मुक्त भएर वैज्ञानिक विचार, चिन्तन संस्कृतिको विकास गर्न जरुरी छ ।
दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको प्रचण्ड समुहले यसका सम्पूर्ण उपलब्धीहरु देशी विदेशी प्रतिक्रियावादीहरुलाई बेचेर एमालेमा विलय भएपछि नेपाली जनताका साथै युवा पंक्तिलाई एकहदसम्म निरास तुल्याउने, क्रान्ति प्रति, क्रान्तिकारी नेतृत्वप्रति अविश्वास पैदा गर्ने, घृणा जागृत गर्ने पनि हुन सक्छ । यसबाट निरास हुन र अल्मलिनु हुदैन । यो क्षेणिक विषय हो । यस परिघटनाले निरासा होइन कि विद्रोहको विस्फोट समेत गराउने छ ।
चीनीया इतिहासबाट पनि हामीले सिक्नुपर्ने हुन्छ । सन् १९११ मा राजतन्त्रको अन्त्य भयो । प्रजातन्त्र आयो । डा. सनपात सैन राष्ट्रपति भए । सन् १९१९ मई ४ का दिन हजारौ युवाहरुले राजधानी बेइजिङमा विशाल प्रदर्शन गरेर जसलाई चीनको राजनीतिक इतिहासमा ४ मई आन्दोलनका नामले प्रख्यात छ । ४ मई आन्दोलनले सारा चीनलाई डगमगाई दियो । त्यसले सन् १९२१ मा चीनीया कम्युनिष्ट पार्टी निर्माण गर्न ठूलो आधार निर्माण गरि दियो ।
नेपालमा पनि राजतन्त्रको अन्त्य भएर बुर्जुवा संसदीय व्यवस्थाको स्थापना गरिएको छ । अब चीनीया युवाहरुले ४ मई आन्दोलनको आयोजना गरेर इतिहासमै सारा चीन र चीनीया जनतालाई उद्धेलित र जागरुक गराएर नेपाली युवाहरुले सशक्त आन्दोलनको आँधिवेरी सृष्टि गरेर यहाँका देशी विदेशी प्रतिक्रियावादीको मुटुमा ढयांग्रो ठोकि दिन र नेपाली जनतालाई हौसला प्रदान गर्न एक पटक जुरुक्क उठ्न अति जरुरी छ नेपाली युवाहरुलाई पनि किन भने भोलीको भविष्यको जिम्मेवारी पनि त युवाहरुकै हो । किनकी लाखौं लाख युवाहरुकै हो । किनकि लाखौं लाख युवाहरुको सक्रिय सहभागिता विना महान् नेपाली क्रान्तिले लक्ष्य हासिल गर्न सम्भव पनि छैन ।
माथि पनि धेरै ठाउँमा उल्लेख गरिएको छ । साँच्चिकै क्रान्तिकारी भावनाले ओतप्रोत भएका युवाहरुले मात्र नेपाल (नेपाली) जनतामाथि थिचोमिचो गर्दै आएका साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवाद तथा सामन्तवादका पहाडहरु भत्काउन सक्नेछन् । यस्तै प्रसंगमा युवाहरु कस्तो हुनुपर्दछ भन्ने विषयमा अध्यक्ष माओ अगाडि भन्नुहुन्छ– “सांस्कृतिक विनाको सेना बोधो सेना हो र बोधो सेनाले शत्रुलाई हराउन सक्तैन ।”
– सांस्कृतिक मोर्चामा संयुक्त (अक्टुबर ३०, १९५५) उही पृ. ३४३ ।
अन्त्यमा आज सहिद सप्ताहको अन्तिम दिन हो । यस ऐतिहासिक दिनमा हाम्रो के प्रतिबद्धता प्रकट गर्न जरुरी छ भने महान् नेपाली क्रान्ति सम्पन्न गरेर मात्र महान् सहिदहरुका सपनाहरु साकार पार्न सक्नेछौं । अन्त्यमा महान् सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली !