ठूलो परिमाणमा लागूऔषध सहिद दुई भारतीयसहित चार पाक्राउ

ठूलो परिमाणमा लागूऔषध सहिद दुई भारतीयसहित चार पाक्राउ

काठमाडौं, फागुन २३ । राजधानीका विभिन्न स्थानमा प्रहरीले ठूलो परिणामा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत जनसेवाले जैसीदेवलबाट एक भारतीयसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दरभङ्गाका मोहमद रुजादिन, नुवाकोटका सुनील घिमिरे र विगु राई रहेका छन् ।

उनीहरुको साथबाट १९ सय एम्पुल सेट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन कुमार थापाले जानकारी दिए ।

त्यस्तै, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ४ सय ९२ एम्पुल, फेनार्गन ५०० र डाइजाल्याव ५०० एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।