गोरखा, फागुन २३ । गोरखाको आबुखैरेनीमा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृत्यु भएको छ । भने १५ भन्दा बढी घाइते भएका छन् ।
गोरखाबाट आबुखैरेनी जाँदै गरेको ३ ख ४६५८ नम्बरको माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटनाग्रस्त हुन पुगेको हो । दुर्घटनामा आबुखैरेनीस्थित मनकामना बहिरा आवसीय माध्यामिक विद्यालयमा पढ्ने श्रद्धा गौलीको मृत्यु भएको हो । घाइतेहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।