ब्लुबुकभित्र २ सय रुपैयाँ राखेर ट्राफिकलाई घुस दिने चालक पक्राउ

ब्लुबुकभित्र २ सय रुपैयाँ राखेर ट्राफिकलाई घुस दिने चालक पक्राउ

काठमाडौं, फागनु १८ । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति भवन छेउ ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ परेका छन् । पक्राउ पर्ने चालक नुवाकोट घर भइ हाल सोल्टीमोड बस्दै आएका २६ वर्षीय बिकास तामाङ छन् ।

शुक्रबार बिहान उनले बा २ ज १३५४ नम्बरको ट्याक्सी राष्ट्रपति भवन अगाडि सडकमा पार्किङ्ग गरी राखेको थिए । र, कारबाही गर्ने क्रममा ट्राफिकलाई ब्लुबुकमा राखेर २०० रुपैयाँ दिन खोज्दा उनी पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत, महाराजगञ्जमा राखिएको छ ।