सन्दीपलाई अर्को सफलताः सीपीएलमा क्रिस गेलको टिमबाट खेल्ने भए

सन्दीपलाई अर्को सफलताः सीपीएलमा क्रिस गेलको टिमबाट खेल्ने भए

काठमाडौं, फागुन १८ । नेपालकै पहिलो खेलाडीका रुपमा यस सिजनको आइपीएलमा छानिएका क्रिकेटर सन्दीप लामीछानेले अर्को सफलता हात पारेका छन् । उनी वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने टी–ट्वीन्टी क्रिकेट लिग ‘क्यारिवियन प्रिमियर लिग’ (सीपीएल)मा समेत छानिएका छन् ।

यस लिगमा वेस्ट इन्डिजको नामबाट अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिने क्यारावियन राष्ट्रका विभिन्न क्लबहरुको प्रतिस्पर्धा हुने गर्दछ । विश्वभरका उत्कृष्ट क्रिकेटरहरु उक्त लिगमा खेल्ने गर्छन । सीपीएल २०१८ को सिजनका लागि बिहीबार लण्डनमा भएको अक्सनमा ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले सन्दीपलाई ५ हजार अमेरिकी डलरमा टिममा भित्र्याएको हो ।

‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ वेस्ट इन्डिज क्रिकेट टोलीका आक्रमक ब्याट्स म्यान क्रिस गेलको कप्तानीमा रहेको टोली हो । यो प्रतियोगिता आगामी ८ अगस्ट देखि १६ सेप्टेम्बरसम्म क्यारिबियन क्षेत्रमा हुनेछ ।