अध्यक्ष माओले भन्aनुभएको छ, “वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ” र “क्रान्तिलाई विजयसम्म पु¥याउनको निम्ति राजनीतिक पार्टीले आफ्नै कार्यदिशाको सहीपना र आनै संगठनको खंदिलोपनामा भर पर्नु पर्दछ” । यसले स्पष्ट गर्दछ कि यदि सर्बहारा वर्गको राजनीतिक पार्टीले क्रान्तिकारी ध्येयलाई विजयसम्म नेतृत्व गर्न चाहन्छ भने त्यसले माक्र्सवादी–लेननवादी कार्यदिशालाई पक्डिनु पर्दछ । यदि पार्टीको कार्यदिशा सही छ भने पार्टीसग सेना छैन भने सेना पनि हुने छन्, सत्ता छैन भने पनि सत्ता लिने छन् । यदि पार्टीको कार्यदिशा गलत छ भने राष्ट्रिय र स्थानीय दुबै सरकार नियन्त्रण गरेका भए पनि, सेना नियन्त्रण गरेको भए पनि यसको पतन अनिवार्य छ । यो यस्तो सत्य हो जसलाई हाम्रो पार्टीका र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुबाट बारंबार पुष्टि भएको छ ।
समाजवादको संपूर्ण अवधीका निम्ति माओले पार्टीको आधारभूत कार्यदिशा तल लेखिए अनुसार हुन्छ भन्नुभएको छ, “समाजवादी समाजले एउटा निकै लामो ऐतिहासिक अवधी पार गर्दछ । समाजवादको ऐतिहासिक अवधी भरी बर्गहरु, वर्गीय अन्तरविरोधहरु र वर्ग संघर्ष रहने छन्, समाजवादी बाटो र पूंजीवादी बाटोका बीचमा संघर्ष रहने छ र पूंजीवादी पुनस्र्थापनाको खतरा रहि रहने छ । हामीले, यो संघर्षको दीर्घकालिन र जटिल प्रकृतिलाई स्वीकार्नु पर्दछ । हामीले हाम्रो सतर्कतालाई बढाउनु पर्दछ । हामीले समाजवादी शिक्षा चलाउनु पर्दछ । हामीले वर्गीय अन्तरविरोध र वर्ग संघर्ष ठीक तरिकाले बुझ्न र परिचालन गर्नु पर्दछ । दुश्मन र हाम्रा बीचका अन्तरविरोधहरु र स्वयं जनताका बीचका अन्तरविरोधहरुलाई छुट्याउन र परिचालन गर्न सक्नु पर्दछ । नत्र, हाम्रो जस्तो समाजवादी मूलुक त्यसको विपरितमा पतन हुनेछ र पुंजीवादको पूनस्र्थापना हुने छ । आज देखि हामीहरुले यो कुरालाई प्रत्येक वर्ष, प्रत्येक महिना र प्रत्येक दिन सम्झि राख्नु पर्दछ ता कि हामीले यो समस्यालाई गंभीर रुपले बुझ्न र माक्र्सवादी–लेनिनवादी कार्यदिशा अवलंवन गरिरहन सकौं ।”
पार्टीको यो आधारभूत कार्यदिशा माक्र्सवाद–लेनिनवादको जगमा खडा छ, यो हाम्रो पार्टीको जीवन हो, हाम्रो सबै कामलाई प्रज्वलित गर्ने बत्ती हो, समाजवादी क्रान्तिको सफलता र निर्माणको ग्यारेन्टी हो । हाम्रा हरेक कामका सन्दर्भमा यो कार्यदिशाबाट विचलित भयौं भने हामीले दाया वा “वाया” गल्ती गर्ने खतरा निम्त्याउने छौं । यो कार्यदिशालाई पक्डेर हाम्रो देशका विभिन्न राष्ट्रियताका जनतालाई एकताबद्ध गर्न र सबै सकारात्मक पक्षहरुलाई परिचालन गर्न संभव हुने छ । यो कार्यदिशालाई पक्डेर हाम्रो देशमा हामीले सर्बहारा वर्गको अधिनायकत्वलाई निरन्तर बलियो बनाउन र समाजवादी क्रान्तिको र त्यसको निर्माणमा अझ ठूला जीत हासिल गर्न सक्ने छौं ।
अध्यक्ष माओले अगाडि सार्नु भएको आधारभूत कार्यदिशाले पूंजीवाददेखि साम्यवादसम्मको सम्पूर्ण संक्रमणको अबधी भरीको वर्गसंघर्ष सम्बन्धि माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई समृद्ध र विकास गरेको छ । यसले समाजवादी समाजमा वर्गसंघर्षलाई निर्देशित गर्ने वस्तुगत नियमहरुमा प्रकास पारेको छ र सैद्धान्तिक तथा व्यवहारिक दुबै हिसाबले सर्बहारा वर्गको अधिनायकत्वलाई बलियो बनाउने र पूंजीवादको पुनस्र्थापनाको समस्या रोक्ने समाधान दिएको छ ।
पार्टीको आधारभूत कार्यदिशाले समाजवादी समाजमा चल्ने वर्गीय अन्तरविरोध र वर्ग संघर्ष बारे राम्रो प्रकास पारेको छ र स्पष्टसंग देखाएको छ कि समाजमा विद्यमान प्रधान अन्तरविरोधहरु दुई बर्गहरु पूंजीपति र सर्बहारा तथा दुई बाटाहरु समाजवादी र पूंजीवादी बाटोका बीचका अन्तरविरोधहरु हुन् । यसले सर्बहारा वर्गको अधिनायकत्वलाई बलियो बनाउने र सुदृढ गर्ने कुरामा जोड दिन्छ, वर्ग संघर्षको दीर्घकालिन र जटिल चरित्रलाई दृढतापूर्वक आत्मसात गर्नु पर्ने र आफ्नो सतर्कतालाई छुट दिन नहुने कुरामा सचेत गराउंँछ ।
सर्बहारा वर्गको अधिनायकत्व अन्तरगत क्रान्तिलाई जारी राख्ने नीति अनुरुप पार्टीको आधारभूत कार्यदिशाले पुँजीपति र अन्य सबै शोषक वर्गलाई पूर्णतः मिल्काउने, समाजवादले पूंजीवादलाई विस्थापित गर्ने, शोषणको अन्त गर्ने, वर्गहरु र वर्गीय विभेदको उन्मुलन गर्ने र साम्यवादमा संक्रमणका निम्ति आधारहरु तयार गर्ने आम उद्देश्य र रणनीतिक कार्यभार निर्धारण गरेको छ ।
हाम्रो र दुश्मनका बीचमा हुने अन्तरविरोध र आम जनताका बीचमा हुने आपसी अन्तरविरोधलाई स्पष्टसंग छुट्याउन र परिचालन गर्नु पर्दछ भन्ने आम सिद्धान्तलाई पार्टीको आधारभूत कार्यदिशाले स्पष्ट गरेको छ । यो सिद्धान्तले पार्टीले आफ्नो मूर्त नीति निर्धारण गर्न प्रयोगमा ल्याउने आधार तथा विधीलाई समेट्छ र यसले यो नीतिको सही प्रयोगका निम्ति दिशानिर्देश गर्दछ । यदि यी दुई थरी अन्तरविरोधहरुमा हामी अल्मलियौं भने हामीले गंभीर गल्ति गर्ने छौं । यदि हामीले हाम्रो र दुश्मनका बीचको अन्तरविरोधलाई जनताका बीचको आपसी अन्तरविरोधको रुपमा लियौं भने अर्थात, यदि दुश्मन र मित्रका बीचमा अल्मलियौं भने या ती दुईमा फरक छुट्याउन सकेनौं भने हामीले दक्षिणपंथी गल्ती गर्ने छौं । अर्कोतिर, यदि जनताका बीचको आपसी अन्तरविरोधलाई हाम्रा र दुश्मनका बीचको अन्तरविरोधका रुपमा लियौ भने, यदि हामीले धेरै तिर निशाना साध्यौं भने, हामीले “बाम” गल्ती गर्ने छौं । यी दुबै स्थितिमा परिणाम पार्टीको आधारभूत कार्यदिशाबाट अलग्गिनु हुनेछ ।
वर्ग संघर्ष तथा सर्बहारा वर्गको अधिनायकत्व प्रति स्पष्ट दृष्टिकोण राखेर र त्यसलाई कहिल्यै नभुलिकन, पार्टीको आधारभूत कार्यदिशा बारे “प्रत्येक बर्ष, प्रत्येक महिना र प्रत्येक दिन हामीले आफैलाइ संझाई रहनु पर्दछ” ।
सही कार्यदिशाको निरुपण गलत कार्यदिशा संग तुलना गरेर गरिन्छ र गलत कार्यदिशाका विरुद्ध संघर्ष गर्ने क्रममा यो विकास हुन्छ । यसरी, पार्टीको आधारभूत कार्यदिशाको विकास अवसरवादी कार्यदिशा, विशेषतः ल्यु शाओ ची र लिन पियाओको संशोधनवादी कार्यदिशाका विरुद्ध संघर्षको प्रक्रियामा नै हुन सकेको हो ।
१९४९ तिर फर्केर हेर्दा, जति बेला चीनिया क्रान्ति नयां जनवादी क्रान्तिको चरणबाट समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नै लागेको थियो, सातौं केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकमा प्रस्तुत गर्नु भएको प्रतिवेदनमा माओले सर्बहारा वर्गले देशव्यापी रुपमा सत्ता कव्जा गरिसके पछि “श्रमजीविवर्ग र पूंजीपति वर्गका बीचको अन्तरविरोध प्रधान अन्तरविरोध” हुनेछ भन्नु भएको थियो । (६३) नयां चीनको स्थापना पछि, हामीले पालना गर्नु पर्ने राजनीतिक सिद्धान्तको दिशा र साथै कृषी, हस्तकला, पूंजीवादी व्यापार र उद्योगमा समाजवादी रुपान्तरणका चरणहरुलाई अध्यक्ष माओले पुनः निर्धारण गर्नु भयो र समाजवादी बाटोमा जनताको विजयी अभियानको नेतृत्व गर्दे आर्थिक, राजनीतिक तथा वैचारिक मोर्चाहरुमा पूंजीपति वर्गका विरुद्ध सृंखलाबद्ध संघर्ष संचालन गर्नुभयो । तर, ल्यु शाओ चीले माओको क्रान्तिकारी कार्यदिशाको संपूर्ण तागत लगाएर विरोध ग¥यो । उसले खुला वकालत ग¥यो कि “जति धेरै शोषण भयो त्यति राम्रो” र उसले “नयां जनवादी व्यवस्थाको सुदृढीकरण” को प्रतिक्रियावादी नारा दियो र देशका सबै मोर्चाहरुमा समाजवादी क्रान्तिको थालनी गर्न आधार तयार पार्ने कुराको विरोध ग¥यो, उसले पूंजीवादी शक्तिहरुको अस्तित्वलाई लम्व्याउन र विकास गर्न चाहन्थ्यो ।
१९५६मा जब हाम्रो देशका अधिकांश भागहरुमा उत्पादनका साधनहरुको समाजवादी रुपान्तरण भैसकेको थियो के त्यहां वर्गहरु, वर्गसंघर्ष र वर्गीय अन्तरविरोधको अस्तित्व थियो ? के हाम्रो समाजमा त्यतिबेला पनि पूंजीपति र सर्बहारा वर्गका बीचको अन्तरविरोध प्रधान अन्तरविरोध थियो ? यी प्रश्नहरु, दुई–लाईनका बीचको संघर्षमा केन्द्रीय मुद्दा थिए । त्यति बेला, ल्यु शाओ चीले “वर्ग संघर्षको सिथिलीकरण” र “उत्पादक शक्तिहरुको प्रधानताको सिद्धान्त” जस्ता कुरा अगाडी ल्याएर भ्रम छ¥यो । उसले हाम्रो देशमा समाजवाद र पूंजीवाद कस्ले जित्छ भन्ने कुरा “निर्धारित भैसकेको” दाबी ग¥यो । चेन पोता सहित ल्यु शाओ चीले अब हाम्रो लागि पंूजीपति र सर्बहारा वर्गका बीचको अन्तरविरोध प्रधान होईन बरु विकसित समाजवादी व्यवस्था र पिछडिएको उत्पादक शक्तिका बीचको अन्तरविरोध प्रधान हो भन्ने विचार प्रचार ग¥यो । अध्यक्ष माओको जानकारी विना नै यी गद्दारहरुले आठौं महाधिबेशनले पारित गरेको प्रस्तावमा यी भ्रमपूर्ण कुराहरु घुसाए । (६४) अध्यक्ष माओलाई यी कुराहरु बारे पछि मात्र जानकारी भयो र वहांले यसको घोर विरोध गर्नु भयो । १९५७को सुरु तिर, अध्यक्ष माओले आफ्नो एउटा महत्वपूर्ण कृति जनताका बीचका अन्तरविरोधहरुको सही संचालन भन्ने लेखमा स्पष्ट व्याख्या गर्नु भएको छ कि उत्पादनका साधनमाथिको स्वमित्वमा अधिकांशतः समाजवादी रुपान्तरण भए पनि वर्गहरु, वर्ग अन्तरविरोध, वर्ग संघर्ष विद्यमान रहन्छन् र समाजवादले जित्छ कि पुँजीवादले भन्ने कुरा टुंगिईसकेको हुदैन । आफ्नो कृतिमा वहांले यो पनि देखाउनु भएको छ कि सर्बहारा र पंूजीपति वर्गका बीचको अन्तरविरोध लामो समय सम्म रहने छ, यो घुम्ति र मोडहरुले भरिभूर्ण हुनेछ र खास खास बेलामा यो निकै तीखो हुनेछ । सबै मोर्चामा समाजवादी क्रान्तिलाई अन्तसम्म लैजानका निम्ति वहांले सिङ्गो पार्टी र जनतालाई आ≈वान गर्नु भयो । यो सैद्धान्तिक निर्देशनले “वर्ग संघर्षको सिथिलीकरण” बारे ल्यु शाओ ची र कंपनीले अगाडि सारेको मूर्खतापूर्ण वकवासलाई धुजाधुजा पारिदियो र हामीलाई सर्बहारा वर्गको अधिनायकत्व अन्तरगत क्रान्तिलाई निरन्तरता दिनका निम्ति ग्रहण गर्नुृ पर्ने दिशाबोध गरायो ।
१९५९मा पेङ्ग तेह हुईको दक्षिणपंथी अवसरवादी कार्यदिशाको आलोचनाको समयमा अध्यक्ष माओले जोड दिनु भयो, “लुसानको संघर्ष वर्गसंघर्ष हो, दुईवटा प्रमूख विरोधी वर्गहरु, पूंजीपति र सर्बहाराकावीचको जीवनमरणको संघर्षको निरन्तरता हो र गएका १० वर्षसम्मको समाजवादी क्रान्तिको दौरान चलेको संघर्ष हो ।” वहाँले पार्टीलाई यो संघर्ष दीर्घकालिन प्रकृतिको हुने कुरा स्वीकार्न सिकाउनु भयो । सेप्टेम्बर १९६२मा आठौं केन्द्रीय समितिको दशौ विस्तारित बैठकमा माओले पुनः एक पटक हाम्रो देश र विश्व भरिका सर्बहारा वर्गको अधिनायकत्वका ऐतिहासिक अनुभवहरुको समीक्षा गर्नु भयो र समाजवादको संपूर्ण ऐतिहासिक अवधीका लागि पार्टीको आधारभूत कार्यदिशालाई अझ समग्रमा सुत्रवद्ध गर्नु भयो । तर, ल्यु शाओ ची र उसको गुटले फेरि पार्टीको आधारभूत कार्यदिशा गलत छ भन्ने र त्यसको विरोध गर्ने आँट ग¥यो । समाजवादी शिक्षा आन्दोलनभरि उनीहरुले पार्टीको आधारभुत कार्यदिशाको विरोध गर्न, दुई वर्ग, दुई बाटा र दुई कार्यदिशाका बीचको संघर्षलाई ढाकछोप गर्न र पूंजीवादी बाटो लिएका नेतृत्वदायी नेताहरुका विरुद्धको आन्दोलनलाई अन्यत्र मोडन “चार सफा र चार फोहरका बीचको अन्तरविरोध” तथा “पार्टी भित्र र बाहिरका अन्तरविरोधहरुको गुत्थी” भन्ने जस्ता मूर्खतापूर्ण कुराहरु अगाडि ल्याए । १९६५को जनवरीमा, केन्द्रीय समितिको पोलिटव्युरोले डाकेको राष्ट्रिय कार्यकारी सम्मेलनमा लिउ शाओ ची र उसका गुटका भ्रान्त धारणाहरुको जवाफमा माओले औल्याउनु भयो, “वर्गीय अन्तरविरोध, सर्बहारा तथा पूंजीपति वर्गका बीचको वर्ग संघर्ष र समाजवादी तथा पूंजीवादी बाटोका बीचको संघर्ष संक्रमणकाल भरी रहन्छ । यदि हामीले विगत दर्जन वा त्यस्तै वर्षहरुमा पार्टीले यभ्यास गरेको यो सिद्धान्त र व्यवहारलाई विस्र्यौं भने हामी सिद्धिन्छौं ।” अध्यक्ष माओको नेतृत्वमा संपूर्ण पार्टी र जनताले चलाईएको महान सर्बहारा सांस्कृतिक क्रान्ति तथा लिन पियाओलाई आलोचना गर्ने तथा कार्यशैली सुधार्ने आल्दोलन र साथै यी आल्दोलनका क्रममा दिईएका महत्वपूर्ण निर्देशनहरुले पार्टीको आधारभुत कार्यदिशालाई अरु माथि उठायो र विकास गरायो ।
ल्यु शाओ चीको गद्दार गुटलाई ध्वस्त पारिसकेपछि हाम्रो पार्टीले नवौं महाधिवेशनको कार्यदिशा माथि लिन पियाओ र चेन पोता विरुद्ध तीखो संघर्ष चलायो । लिन पियाओ र चेन पोताले सर्बहारा अधिनायकत्व अन्तरगत क्रान्तिलाई जारी राख्ने कुराको विरोध गरे । तिनीहरुले “उत्पादक शक्तिको सिद्धान्त”को वकालत गरे र समाजवादी क्रान्तिका साथै पार्टीको आधारभूत कार्यदिशाको विरोध गरे । यसले देखाउंछ कि लिन पियाओ र चेन पोताका विरुद्धको संघर्ष स्पष्टतः पार्टीको आधारभुत कार्यदिशालाई ग्रहण गरिदै थियो कि विकृत गरिंदै थियो भन्नेमा केन्द्रित संघर्ष थियो ।
महान सर्बहारा सांस्कृतिक क्रान्तिको अबधीम्ाँ हामीले ल्यु शाओ चीको गद्दार गुट र लिन पियाओको पार्टी विरोधी गुटलाई ध्वस्त पा¥यौं र महान् विजय हासिल ग¥यौं । तर, हामीले पार्टीको आधारभूत कार्यदिशालाई दृढतापूर्वक समात्न गैराखेका छौं कि बदल्न भन्ने संघर्ष अझै टुंगिएको छैन— हामीले यो संघर्ष आउने लामो समयसम्म चलाउनु पर्दछ । सबै पार्टी सदस्यहरुले पार्टीको आधारभूत कार्यदिशालाई सर्बहारा वर्गको अधिनायकत्वको सुदृढिकरण र पूंजीवादी पुनस्र्थापनाको रोकथाम भन्ने फराकिलो दृष्टिकोणबाट हेर्नु पर्दछ । आफुलाई आम क्रान्तिकारी जनसमुदायको नेतृत्वमा राखेर पार्टीको कार्यदिशालाई सुरक्षित राख्ने कुरा तिनीहरुले सधै दिमागमा राखिराख्नु पर्दछ ।
प्रस्तुत आलेख “चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई (शांघाई १९७४)” पुस्तकबाट लिएको हो । यस पुस्तकको नेपाली अनुवाद इन्द्रमोहन सिंग्देल (क.बसन्त)ले गर्नुभएको हो ।