काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको काठमाडौँ जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार विभिन्न पेशागत संघका प्रतिनिधिहरुको भेलाले कुमार घतानीको संयोजकत्वमा १९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो ।
भेलाले दिनेश वर्तौलालाई उक्त समितिको सचिवमा चयन गरेको छ भने सदस्यहरुमा मोहनसिंह राई, तुलबहादुर राई, बैकुण्ठ घिमिरे, बुद्धिमान तामाङ, बुद्ध घले, धर्मराज दाहाल, विनोद श्रेष्ठ, उमेश लामा, नोदराज रुचाल, मीन श्रेष्ठलगायतलाई चयन गरेको छ ।
क्रान्तिकारी माओवादीका केस तथा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठ, महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिना, क्रान्तिकारी माओवादी काठमाडौं सचिव शारदा महतलगायतका नेताहरुको उपस्थिति रहेको उक्त भेलाको अध्यक्षता तथा सञ्चालन उद्धव गुरुङले गरेका थिए ।