काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ ३ नं. प्रदेश कमिटिको संयोजकमा गौरी दाहाल चुनिनुभएको छ । जनसाँस्कृतिककर्मीहरुको शुक्रबार सम्पन्न एक भेलाले दाहाललाई संयोजकमा चयन गरेको हो ।
कुपण्डोल स्थित क्रान्तिकारी माओवादीको प्रदेश कार्यालयमा सम्पन्न भेलाले सदस्यहरुमा उमाकान्त आचार्य, रविकिरण निर्जीव, रामलाल श्रेष्ठ, प्रतीक लामा, कुमार भट्टराई, शिला योगी, अमीट योञ्जन, श्रीकृष्ण सुलुलगायत रहेका छन् । भेलामा क्रान्तिकारी माओवादीका पिविएम तथा ३ नं. प्रदेश पार्टी सचिव दिनेश शर्मा ‘सागर’को प्रमुख उपस्थिति रहेको थियो ।