ओली, सामाजिक फासिष्ट बन्न नखोज !

ओली, सामाजिक फासिष्ट बन्न नखोज !

कम्युनिष्ट र वामगठवन्धनको नाममा शासनसत्तामा पुगेका एमालेका प्रधानमन्त्री जो केही समयपछि एमाले र माकेको गठवन्धनमा सरकार बन्ने निश्चित प्राय छ, उनी प्रधानमन्त्री भएको एक हप्ता पनि नवित्दै उनको भावी शासनसत्ता कस्तो हुने छ भन्ने संकेत भरखरै नेकपामाथिको ठाडो प्रहरी हस्तक्षेप बाट देखिएको छ । यहि २०७४ फागुन ६ गते नेकपाको भातृसंगठन युवा मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममाथि आफ्नो ठाडो निर्देशनमा ओलीले प्रहरी दमन गर्ने निर्देशन दिएर नेपाली जनतालाई उनको शासन कत्तिको फासिवादी हुने छ संकेत दिएका छन् । विराटनगरको प्रहरी प्रशासन स्वयम् भन्दै छ–प्रधानमन्त्रीको ठाडो निर्देशनमा यो भएको हो र उताकै निर्देशनमा छाड्ने वा मुद्या चलाइने छ ।

गत फागुन १ गते २३औ जनयुद्ध दिवसमा सम्वोधनको क्रममा नेकपा(माओवादी केन्द्र)वाट विद्रोह गरेका लोकेन्द्र विष्ट, गोपाल किराँती र आहुतीले जोडदिंदै भनेका थिए –अबको नेपाली क्रान्तिमा आम देशभक्त तथा जनतन्त्रवादी शक्तिहरु पनि गोलबन्द हुनुहुने छ किनभने ओली नेतृत्वको “वामगठबन्धन” ले देशलाई अझ बढता विदेशी दलालहरुको इशारामा सञ्चालित गर्ने स्पष्ट देखिदै छ । नेकपा, जो भारतीय विस्तारवाद तथा विश्व साम्राज्यवादका विरुद्ध क्रान्तिको झण्डा उठाउने उद्येश्य राख्दछ, त्यसमाथि दमन भनेको आखिरमा माथि भनेझै नेकपा एमाले र नेकपा माके दुवै दिल्लीको आशिरवाद र यसको हैकमलाई तोडन सक्ने छैनन् भन्ने स्पष्ट भएको छ । किनभने ओलीको यो दमनलाई माकेले मौन स्विकृत दिएको छ, विरोधको एक शब्दपनि खर्च गर्न आवश्यक ठानेन् ।

यो दमनबाट ओली नेतृत्वको सरकार सही मानेमा कम्युनिष्ट वा वाम होइन्, यो त कम्युनिष्ट वा वामको नाममा घोर दक्षिणपन्थी सरकार बन्ने स्पष्ट संकेत देखिएको छ । ओलीको सन्की स्वभावका कारण उनको शासनको एक हप्तामै नेपाली जनताले नेपाल बन्द जस्तो अप्रिय कार्यक्रमको सामना गर्न वाध्य हुनु परेको छ । शान्ति, स्थाइत्व, उन्नती र प्रगति भन्ने लोकपृय नारा बेचेर नेपाली जनताको मत ल्याउन सफल ओली अहिले उनको शासनको सुरुवात मै अशान्ति, अस्थिरता, भ्रष्टाचार र कुशासनको संकेत आएको छ । देशभक्ति र राष्ट्रवादको मुखुण्डोमा जनमत पाएका ओलीले प्रधानमन्त्री हुनुभन्दा अगाडि नै भारतीय विदेशमन्त्री सुश्मा स्वराज र रअका एजेण्ट सित गोप्य सम्झौता गरेको कुरा आम जनतालाई अवगत भएको छ । कम्युनिष्टको झण्डामुनी वामगठवन्धनबाहेक बाकी सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई सखाप पार्ने ओली—प्रचण्ड रणनीतिका योजनाकार भारतीय दलाल नोकरशाहहरुको योजना मुताविक काम गर्ने सुरुवातको संकेत नेकपामाथिको यो दमन हो भन्दा कुनै अत्युक्ति हुने छैन् । यदि ओली इमान्दार भएको भए र नेपाली जनताप्रति जिम्मेवार भएको भए त मोदी र उनका दुतसित के गोप्य भएको थियो जनतालाई नढाटी सत्यतत्थ्य बाहिर ल्याउने शाहस गर्नु पर्दथ्यो ।

ओलीको शासन कसरी फासिवादी बन्दै छ र त्यसलाई किन फासिवादी भन्ने त ? त्यसका लागि उनले अहिले सिरान हालेको नेपालको संविधान २०७२ नै काफि छ । जसमा शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउने, देशभर आवत जावत गर्न पाउने र व्यक्तिगत स्वतन्त्रताको मौलिक हक लगायत संवैधानिक कानुनी एवम् आधारभूत मानव अधिकार समेत माथि उनले ठाडो हस्तक्षेप गरेका छन् र त्यसको वर्खिलाप गर्दै उनले नेकपाको भातृसंगठनको सम्मेलनमाथि हस्तक्षेप गरेर उक्त सम्मेलनमात्रै हुन दिएनन् , उक्त सम्मेलनमा सम्वोधन गर्न आएका नेताहरु त्था सहभागि कार्यकर्ताहरुलाई गिरफ्तार समेत गर्ने आदेश दिएका छन् । के यो आफैमा एउटा सामाजिक फासिवादतर्फको संकेत होइन् ?

आशा गरौ ओली—प्रचण्डको सरकारले ज्ञानेन्द्रको सामन्ती लोकतन्त्र विरोधी मार्ग र नेपाली कांगे्रसको जस्तो भारतीय दलाली मार्ग अवलम्न गर्ने छैन् र उनीहरु र उनीहरुले पालन गर्ने भनेको लोकतन्त्रको मूल्य मान्यताभित्र रहेर विरोधी राजनीतिक दलहरुलाई निषेध गर्ने दुश्शाहस गर्ने छैनन् । देशभक्त र जनतन्त्रवादी राजनीतिक दलहरुको नेपालजस्तो देशमा दृघकालका लागि स्मेत कत्तिको आवश्यकता र महत्व रहन्छ उनीहरुले राम्ररी आत्मसाथ गर्ने छन् । र आफूलाई विदेशी दलाल हुनबाट बचाउने छन् । हुनत उनीहरुबाट यी चीजको आशा गर्नु वालुवाबाट तोरीको तेलको आशा गरेजस्तै हो । तै पनि क्रान्तिकारी कम्युनिष्ट भएको हिंग नभएपनि हिंग बाधेको टालो भएको दावी गर्न अझै उनीहरु छाडेका छैनन् ।