पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पार्टी प्रमुखमा पनि अयोग्य ठहर

पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पार्टी प्रमुखमा पनि अयोग्य ठहर

काठमाडौं, फागुन १० । पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पार्टी प्रमुख पदका लागि अयोग्य ठहर गरेको छ । गत वर्ष भ्रष्टाचारका अभियोग माझ शरिफलाई देशको प्रधानमन्त्रीबाट हट्न आदेश दिइएको थियो ।

शरिफले भने आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन् । अदालतले यसअघि कार्यालय छोड्नुले नै उनलाई पार्टीको नेतृत्व गर्न अयोग्य बनाएको भनि निर्णय सुनाएको छ । शरिफ पार्टी प्रमुख हुँदा माथिल्लो सदन चुनावका लागि मनोनित गरेका उम्मेदवारसहित उनले गरेका सबै निर्णयहरू अमान्य घोषित भएका छन् ।

प्रधानन्यायाधीश शकिब निसरले भने, ‘पिएमएल एन पार्टीको अध्यक्षबाट नवाज शरिफलाई हटाउन निर्वाचन आयोगलाई निर्देशन दिइएको छ ।’ ‘त्यसको परिणाम स्वरूप नवाज शरिफले गरेका सबै निर्णय र उनले चालेका सबै कदमहरू कहिल्यै भएका थिएनन् भन्ने हो ।’ अदालतको यो निर्णय शरिफमाथिको एउटा धक्का हो जसले निरन्तर रूपमा राजनीतिक षडयन्त्रको पीडित भएको दाबी गर्छन् ।

अहिले भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा उनीका परिवारको सम्पत्तीबारे जाँचबुझ भइरहेको छ । उक्त मुद्दामाथि अर्को महिना सुनुवाई हुन लागेको छ । तल्लो सदनमा पिएमएलएनको बहुमत छ र अब हुने माथिल्लो सदनको चुनावमा पनि उसैले जित्ने ठानिएको छ ।