पोखरा । नेकपा (क्रान्तिकारी माओवादी)को तीन महिने संगठन तथा जनपरिचालन अभियान जारी रहेको छ । पछिल्लो हप्ता क्रान्तिकारी माओवादीले ४ नं. प्रदेशका विभिन्न जिल्लाहरुमा गरिएका विभिन्न गतिविधिहरुका समाचार प्राप्त भएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका कार्यालय सदस्य तथा ४ नं. प्रदेश संयोजक समेत रहनु भएका केशबहादुर परियारले पठाएको समाचार अनुसार तयार पारिएको सामग्रीलाई यहाँ प्रस्तुत गरिएको छ ।
पोखरा लेखनाथ नगरस्तरीय देजमोको विशाल भेला सम्पन्न
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कास्कीको पोखरा लेखनाथ नगरस्तरीय विशाल भेला फाल्गुन ४ गते सम्पन्न भएको छ । हजारौ जनसमुदायको नारा जुलुससहित पोखरा बजार परिक्रमा गरी सभामा परिणत भएको उक्त भेलाले कर्णबहादुर पुनको संयोजकत्वमा ३ जना सदस्य पछि थप गर्ने गरी हाल १४ जनाको पोखरा लेखनाथ नगर सम्मेलन आयोजक समिति गठन गरेको छ ।
नगर सम्मेलन आयोजक समितिकोे संयोजक कर्ण वहादुर पुन र सदस्यहरुमा राजकुमार सुनार, कुलवहादुर विश्वकर्मा, संजय कार्की, रुपा सुनार, बाबुराम मिजार, मिनवहादुर परियार, टेकलाल विश्वकर्मा, मिरा विश्वकर्मा, ज्योति सुनार, जितवहादुर विश्वकर्मा, सिता नेपाली, सोम परियार, सुजन पाचकोटी रहनु भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूूरो सदस्य तथा ४ नंंं. प्रदेश सचिव श्यामको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा पार्टीका पोलिटब्यूूरो सदस्य तथा देजमो, नेपाल ४ नंंं. प्रदेश संयोजक केशवहादुर परियार, र पार्टी केन्द्रीय सदस्यहरु अरुण, निश्चलको विषेश आतिथ्यता रहेको थियो । उक्त भेलालाई सम्बोधन गदै नेताहरु श्याम, केशवहादुर परियारले नव गठित नगर कमिटिलाई बधाई तथा शुभकामना दिंदै देजमोको संगठन निर्माण अभियान तीव्र बनाउदै छिट्टै नगरका सबै वडाहरुमा वडा समितिहरु गठन गरी नगर सम्मेलन गर्न नवगठित नगर सम्मेलन आयोजक समितिलाई निर्देशन दिनुभयो ।
त्यसैगरी पार्टी केन्द्रीय सदस्यहरु रामजी थापा, कमरेड निश्चल, अनेमसंघ केन्द्रीय सदस्य कल्पना थापा, मजदुर मोर्चा केन्द्रीय सदस्य कर्ण वहादुर पुन, तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय सदस्य टेकबहादुर गुरुङ्ग, देजमो कास्की जिल्ला सचिव राम पुन, युवा मोर्चा कास्की जिल्ला संयोजक कुलबहादुर विश्वकर्मा, सुकुम्बासी मोर्चा कास्की जिल्ला संयोजक संजय कार्कीले भेलाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । देजमो नेपाल कास्की जिल्ला संयोजक सन्तवहादुर भुजेलको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन परशुराम कोइरालाले गर्नुभएको थियो ।
४ नं. प्रदेशको आरवाइएल संयोजकमा उत्तम थापा
क्रान्तिकारी युवाहरुको हालै सम्पन्न एक भेलाले ४ नं. प्रदेशको संयोजकमा उत्तम थापालाई चयन गरेको छ । क्रान्तिकारी माओवादीका पोलिटब्यूूरो सदस्य तथा ४ नंंं. प्रदेश सचिव श्यामको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले उत्तम थापाको संयोजकत्वमा ४ जना सदस्यहरु पछि थप गर्ने गरी १३ सदस्यीय ४ नंम्बर प्रदेश समिति गठन गरेको छ । जसमा संयोजक उत्तम थापा (नवलपरासी, सह–संयोजक तिलक अधिकारी (स्याङ्गजा), सदस्यहरुमा इन्द्र गुरुङ्ग (कास्की), विजय आले (गोर्खा), विक्रम थापा (बागलङ्ग), राजकुमार सुनार (कास्की), कुलवहादुर विश्वकर्मा (कास्की), संजय कार्की (बागलङ्ग), फुलमाया वि.क.(कास्की) रहेका छन् । क्रान्तिकारी युवा लिग (आरवाइएल) केन्द्रीय सचिवालय सदस्य उत्तम थापाको अध्यक्षता र सञ्चालनमा सम्पन्न उक्त भेलामा केस निश्चलको विषेश उपस्थिति रहेको थियो ।
अनेमसंघ (क्रान्तिकारी) ४ नं. प्रदेशको अध्यक्षमा कल्पना थापा
क्रान्तिकारी माओवादीको प्रदेश कार्यालय पोखरामा सम्पन्न एक भेलाले अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को ४ नं. प्रदेशको अध्यक्षमा कल्पना थापालाई निर्वाचित गरेको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा ४ नंंं. प्रदेश महिला विभाग प्रमुख अरुणको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कल्पना थापाको अध्यक्षतामा ४ जना सदस्यहरु पछि थप गर्ने गरी १७ सदस्यीय ४ नम्बर प्रदेश समिति गठन गरेको हो । जसमा अध्यक्षः कल्पना थापा, उपाध्यक्षः देवी थापा, सचिवः गिता पाण्डे, सहसचिवः तेजकुमारी घर्ति, कोषाध्यक्षः लक्ष्मी मल्ल र सदस्यहरुमा सन्तु घर्तिमगर, राधिका देवि अधिकारी, उर्मिला श्रीस, धनमाया थापा, दिलकुमारी पुन, उजेली रानाभाट, हेमकुमारी आले, मिना कोइराला, बिष्णु राना, धनमाया घर्ति, माया सापकोटा, कल्पना बिन्दु गौतम रहेका छन् । कल्पना थापाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टी केस निश्चल र हेमन्तको विषेश उपस्थिति रहेको थियो ।
नेपाल दलित मुक्ति मोर्चाको कास्की जिल्ला भेला सम्पन्न
नेपाल दलित मुक्ति मोर्चाको कास्की जिल्लास्तरीय भेला पोखरामा सम्पन्न भएको छ । मोर्चाकी केन्द्रीय सदस्य सिता परियारको अध्यक्षता तथा क्रान्तिकारी माओवादी पोलिटब्यूूरो सदस्य एवम् दलित मोर्चाका केन्द्रीय फय्राक्शन इन्चार्ज केशवहादुर परियारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले राजकुमार सुनारको संयोजकत्वमा १३ सदस्यीय कास्की जिल्ला भेला आयोजक समिति गठन गरेको छ । जसमा संयोजकः राजकुमार सुनार, सदस्यहरुः कुलवहादुर विश्वकर्मा, बाबुराम मिजार, जालवहादुर विश्वकर्मा, मिरा विश्वकर्मा, टेकलाल विश्वकर्मा, शिवराज पटेल, रुपा सुनार, सिता नेपाली, सुजन पाचकोटी, सुनिल नेपाली, किरण विश्वकर्मा, इन्द्र रसाइली, रहेका छन् ।
उक्त भेलाको सफलताको शुभकामना दिदै इन्चार्ज केशवहादुर परियारले हजारौ बर्षदेखि दलित समुदायमाथि लादिएको सामन्ती ब्राह्मणवादी सँस्कृति, सँस्कार, रुढीवादी परम्परा, रीतिरिवाज, जातपात छुवाछुत तथा भेदभाव जस्तो अत्यन्त निकृष्ट र अमानवीय प्रथा नेपाली समाजमा अहिलेसम्म पनि चल्दै आईरहेकोले मोर्चाले दलित समुदायमाथि हुने यी सबैखाले उत्पीडन र ज्यादती विरुद्ध मात्रै नभएर सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावाद, संशोधनवाद, एंवम सबै प्रकारका अवसरवादका विरुद्ध पनि दृढतापर्वक लड्नुपर्ने आवश्यकता औल्याउनु भयो । त्यसको लागि सम्पूर्ण उत्पीडित दलित समुदायहरुलाई नेपाल दलित मुक्ति मोर्चामा संगठित हुन उहाँले आब्हान गर्नुभयो ।
भेलामा मजदुर मोर्चा केन्द्रीय सदस्य कर्ण वहादुर पुन, प्राध्यापक मोर्चाका केन्द्रीय उपाध्यक्ष परशुराम कोइराला, युवा मोर्चाका केन्द्रीय सदस्य इन्द्र गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, अभियानको क्रममा ४ नम्बर प्रदेशमा विद्यार्थी संगठन निर्माण कार्य तीव्र रुपमा भैरहेको छ । कास्की, तनहुँ, नवलपुर लगायतका जिल्लाहरुमा जिल्ला कमिटिहरु गठन, बैठक, प्रशिक्षणहरु भैरहेको छन् । ४ नम्बर प्रदेश इन्चार्ज कमरेड मनकुमार न्यौपानेको विषेश सक्रियतामा उक्त अभियान तीव्र रुपमा भैरहेको छ ।
प्रदेशका सबै जिल्लामा जनयुद्ध दिवस मनाइयो
जनयुद्ध दिवस ४ नम्बर प्रदेशका सबै जिल्लाहरुमा भब्यरुपमा मनाइएको छ । कास्की जिल्लाले पोखरा स्थित प्रदेश कार्यलयमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाएको छ । पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज अरुण अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी पोलिटब्यूूरो सदस्य तथा ४ नंंं. प्रदेश सचिव श्यामको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका पोलिटब्यूूरो सदस्य तथा देजमो नेपाल ४ नंंं. प्रदेश संयोजक केशवहादुर परियार, पार्टी केन्द्रीय सदस्य निश्चलको विशेष उपस्थितिमा उक्त दिवस मनाइयो । दिवस कार्यक्रममा प्रदेश एवम् जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हेमन्तले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना आदान प्रदानका साथै जनयुद्धले नेपाली नयाँ जनवादी क्रान्तिमा गरेको योगदानको विषयमा चर्चा गरिएको थियो ।
नवलपरासीमा संयुक्त रुपमा मनाइयो जनयुद्ध दिवस
नवलपरासी जिल्लाले नवलपुरको दलदलेमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) सहितको संयुक्त कार्यक्रमको अध्यक्षता क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम थापाले गर्नुभएको थियो भने क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य एवंम नवलपुर जिल्ला पार्टी इन्चार्ज अनुकुलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा (विप्लव)का जिल्ला सेक्रेटरी चित्तल सिंहको विशेष उपस्थिति रहेको थियो भने हिमालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
तनहुँको दवघाटमा देजमोको इकाई कमिटि गठन
तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा ४ फाल्गुनमा भएको एक भेला यही वसन्तको संयोजकत्वमा देजमोको ७ सदस्यीय देवघाट गाउँपालिका इकाई समिति गठन गरेको छ । उक्त भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला पार्टी इन्चार्ज अनुकुल, तनहुँ जिल्ला सेक्रेटरी नेत्र रानाभाट, अखिल नेपाल महिला संघ ४ नम्बर प्रदेश समिति सदस्य उजेली रानाभाट लगायतको उपस्थिति रहेको थियो ।