
ललितपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ललितपुर सदस्य रामचन्द्र विष्टको बुवा रोमबहादुर विष्टको ६३ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै देजमो ललितपुरले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
देजमो ललितपुरकी संयोजक इन्दिरा अधिकारीले एक शोक वक्तव्य जारी गर्दै विष्टको निधनबाट शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । दिवंगत विष्टका एक श्रीमति, तीन छोरा बुहारी रहेका छन् ।































