कास्कीमा आरवाइएलको जिल्ला समिति गठन

कास्कीमा आरवाइएलको जिल्ला समिति गठन

पोखरा । कास्की जिल्लाको पोखरामा भएको क्रान्तिकारी युवाहरुको भेलाले नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगको जिल्ला समिति गठन गरेको छ । सोमबार सम्पन्न भेलाले कुलबहादुर विकको अध्यक्षताममा २५ सदस्यीय जिल्ला समिति निर्माण गरिएको हो ।

समितिका अन्य सदस्यहरुमा राजकुमार सुनार, रुपा सुनार, पूर्णबहादुर रोका, ज्योति सुनार, तपसिल तामाङ, विमल श्रेष्ठ, कमल गुरुङ, हरिकुमार पुन, विजुल रोका, फुलमाया विक, कमल विक, पूर्ण विक, चन्द्रमान विक, मनिलाल विक, अनिल विक, टेकलाल कामी, कुशुम विक, जेनिसा विक, अमृत विक, दिवस पुन, विवश विक, आशिस सुनार, शिवराज प्रतेललगायत रहेका छन् ।

भेलामा क्रान्तिकारी माओवादीका नेताहरु रामजी थापा, नारायण अधिकारी, भिम श्रीस, परशुराम कोइराला, भोजराज त्रिपाठी, कल्पना थापा लगायतको उपस्थिति रहेको थियो ।