
कास्की । हालै सम्पन्न मजदुरहरुको एक भेलाले अखिल नेपाल ट्रेड युनियन महासंघको कास्की जिल्ला समिति गठन गरेको छ । भेलाले कर्ण ब. पुनको संयोजकत्वमा ७ सदस्यीय जिल्ला आयोजक समिति गठन गरेको छ । जसमा राम ब. विक, रुपा सुनार, पूर्ण ब.कामी, दिल ब. विक, कमल विक, जालबहादुर विक. रहेका छन् ।
उक्त भेलामा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी भीम श्रीस र मजदुरका जिल्ला इन्चार्ज भोजराज त्रिपाठीको उपस्थिति रहेको थियो ।