
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठक माग १६ र १७ मा बस्ने भएको छ । गत बिहिबार केन्द्रीय कार्यायल बुद्धनगरमा उपलब्ध केन्द्रीय सदस्यको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संगठनका फ्य्राक्सन इन्चार्ज तथा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीसको विषेश उपस्थितिमा सम्पन्न भएको उक्त बैठकले अगामीे केन्द्रीय समितिको बैठक उपत्यका बाहिर बस्ने निर्णय गरेको छ ।




केन्द्रीय समितिको बैठकबाट संगठनलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउन पहल गर्ने भन्दै बैठकले त्यसका लागि उत्पादनको क्षेत्रहरुको पहिचान गरि बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई सर्कुलर समेत गरेको छ ।
बैठकले केन्द्रीय सदस्य धनकुमारी निरौलालाई अस्थायी रुपमा कार्यालय सचिवको जिम्मेवारी दिएको संगठनका अध्यक्ष लभ्मी मुडभरीले बताउनु भयो ।