अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको भन्दै महिलाले गरिन् पुरुषको हत्या

अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको भन्दै महिलाले गरिन् पुरुषको हत्या

कञ्चनपुर, २ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी एक महिलाले पुरुषको हत्या गरेकी छन् । आफूलाई अचेत बनाएर अश्लील भिडियो बनाइ ब्ल्याकमेल गरेको भन्दै ती महिलाले पुरुषको हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षीया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालिका २ देहीमाडौंका २५ वर्षीय राजु बोहोराको हत्या गरेकी हुन् ।

आफूलाई खाने कुरामा नसालु पदार्थ मिसाएर खुवाइ अश्लील भिडियो बनाएको र त्यही भिडियो देखाएर ब्ल्याकमेल गरेको भन्दै धर्माले सोमबार राति धारिलो हतियार प्रहार गरी राजुको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा पक्राउ परेकी बोहोरालाई प्रहरीले हिरासतमा राखेर थप कारबाही अघि बढाएको छ ।