कंचनपुर । दशवर्षे जनयुद्धताकाका जनमुक्ति सेनाका सदस्य रहेका र हाल नेकपा (क्रान्तिकारी माओवादी)का कंचनपुर सदस्य रहेका भोजराज विकको पौष ३० गते निधन भएको छ । विगत लामो समयदेखि मृगौला रोगबाट ग्रस्त रहँदै आएका विकको अल्पायुमै निधन हुन पुगेको हो । हाम्रा कंचनपुर सहकर्मी धनञ्जय अवस्थीले जनाए अनुसार विकको महाकाली आर्यघाटमा सोमबार अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिएको छ ।
४२ वर्षे विकलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य अटल, कंचनपुर जिल्ला इन्चार्ज, सेक्रेटरी हरि सुवेदी, अखिल (क्रान्तिकारी)का ७ नं. प्रदेश इन्चार्ज रामबहादुर महरालगायतका नेता कार्यकर्ताहरु महाकाली आर्यघाटमा पुगेका थिए ।
कंचनपुर वेदकोट नपा, धरमपुर निवासी विकप्रति क्रान्तिकारी माओवादी कंचनपुरले एक शोक वक्तव्य जारी गरी हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी सचिव हरि सुवेदीले शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । वक्तव्यमा भनिएको छ, “कमरेड भोजराजले बोकेको अधुरा क्रान्तिका सपना पुरा गर्ने प्रण गर्दै परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्दछौ ।”