क्रान्तिकारी माओवादी ३ नं. प्रदेशद्वारा श्रद्धाञ्जली व्यक्त

प्रकाशित मिति : २०७४ पुस २५

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सचिव सागरले एक शोक वक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सदस्य शेरबहादुर बोगटी ‘बसन्त’का हजुरबुवा भुपालध्वज बोगटीको ८२ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत बोगटीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सोमबार जारी गरिएको उक्त शोक वक्तव्यमा ओखलढुंगा चम्पादेवी गाउपालिका वडा नं. ३ निवासी दिवंगत बोगटीको परिवार र आफन्तजनप्रति पार्टीको तर्फबाट गहिरो समवेदना व्यक्त गरिएको छ ।