म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन झोलुङ्गे पुलबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।

सोमबार साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लिएर दुई जना कामदार खसेका थिए । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको र सोही तार नभएको ठाउँमा झुक्कीएर दुई जना खसेको पुलमा कार्यरत अन्य कामदारहरुले बताएका छन् ।

पुलबाट खसेका दुबै जनाको शव सोही निर्माणाधिन पुलको करिब १५० मिटर तलको खोचमा फेला परेको घटनास्थलमा रहेका नेपाल रेडक्रस सोसाईटी बेगखोला उपशाखाका सभापति पूर्ण परियारले जानकारी दिए। पुलबाट खसेर ज्यान जानेमा कैलाली मोहनाल घर भएका धनबहादुर क्षत्री र पुरन थापा रहेको परियारले बताए ।

३ सय ६५ दशमल ८० मिटर लामो उक्त नेपालकै लामो निर्माणधिन झोलुङ्गे पुलको अग्लाई करिब १५० मिटर रहेको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको समयमा दुखत दुर्घटना भएको हो । घटना लगत्तै प्रहरीको टोली खटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर