बुटवल । रुपन्देहीको देबदहमा एक जना व्यवसायीको गोली हानी हत्या भएको छ । अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानी हत्या गरेको हो । प्रहरीका अनुसार पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा आएको अज्ञात समूह गोली हानेर रोहिनी खोलातिर भागेको थियो । घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार रहेका छन् । मृतक पौडेल फर्निचर व्यवसायी भएको प्रहरीले जनाएको छ ।