बाँदरलाई भनेर हानेको गोली मान्छेलाई लाग्दा एकको मृत्यु

बाँदरलाई भनेर हानेको गोली मान्छेलाई लाग्दा एकको मृत्यु

काठमाडौं, १८ पुस । पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ भरुवा बन्दुकको गोली लागेर स्थानीय ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय बलबहादुर लम्तरीले बाँदर ठानेर हानेको गोली थापालाई लागेको थियो । गोली लागेका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने लम्तरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बाँदर ठानेर थापालाई गोली प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।