यसरी भयो दैलेख एमालेमा विद्रोह

प्रकाशित मिति : २०७४ पुस १०

काठमाडौं । भर्खरै सम्पन्न प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचनमा एमाले, माओवादी केन्द्र र केही साना वाम पार्टीहरुले वाम गठबन्धन निर्माण गरी देशव्यापी चुनावी माहौलनिर्माण गर्दैगर्दा देशको सुदुर पश्चिम र हालको प्रदेश नम्बर ६ अन्तरगत दैलेख जिल्लाको एमालेमा ठूलो विद्रोह भयो । २१ वर्षदेखि एमाले दैलेख जिल्लामा निरन्तर नेतृत्व प्रदान गर्दै आएका एमाले जिल्ला नेता कर्णबहादुर शाहीले देशमा

कर्णबहादुर शाही

नयाँजनवादी क्रान्ति सम्पन्न गर्ने अभिलासाका साथ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दैलेखमा प्रवेश गर्न गरेको निर्णयसँगै एमाले दैलेख जिल्लामा यति ठूलो विद्रोह हुन पुगेको हो । शाही हालको महाबु नगरपालिकाका अत्यन्तै लोकप्रिय नेता हुन् ।
यथास्थितिमा देशमा देखिएको राजनीतिक गत्यावरोधको अन्त्य र समृद्धिको अचुक अस्त्र भनेको बहुमतको सरकार नै भएको भनी वामगठबन्धनले भोट मागिरहँदा शाही र उनको विद्रोही समूहले एमालेमाओवादी गठबन्धनको यो नारा तिर्खाएकालाई सातु मात्र भएको संंज्ञा दिएका थिए ।
साम, दाम, दण्ड र भेदका सबै उपायहरु अख्तियार गर्दा पनि आफ्ना स्थानीय नेता तथा कार्यकक

र्ता रोक्न असफल भएपछि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पक्षमा राम्रो माहोल खडा हुनपुग्यो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पक्षमा माहौल तातिदै र प्रसारहुँदै गएका बेला थप राजनीतिक तथा चुनावी तरंग ल्याउँदै चाबी नगरपालिका दैलेखका एमाले युवा नेता मोहन शाही

 

को एमालेबाट ठूलो दलबलसहित एमालेबाट भएको विद्रोहले वाम गठबन्धनलाई अर्को ठूलो झड्का दिन पुगेको थियो । तात्कालीन एमालेका जिम्मेवार तथा समर्थकहरुको ११३ जनाको एकमुष्ठ प्रवेशले दैलेख देशभक्त जनगणतान्त्रिक मोर्चामय बनाएको थियो ।
एमालेबाट विद्रोह गर्दा शाहीले एमाले दैलेखले चुनावका लागि भनी 

थमाएको दश हजार रुपैयाँ फिर्ता गरी आफ्नो नैतिक धरालातल उँचो बनाउँदा एमाले दैलेखका बाँकी बचेका नेता कार्यकर्ता उनीप्रति नतमस्तक भएका थिए ।