‘अहिलेको संविधानले वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडन, शोषणबाट मुक्त गर्न नसक्ने त्यसको लागि जनवादी संविधान नै आवश्यक महसुस जनतामा पु¥याएका छौं । योसँगै जनतामा फेरी एकचोटी आन्दोलन, संघर्ष र विद्रोह आवश्यक रहेको चेतनालाई जागृत बनाउँदै लैजान र देजमो, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी)ले मात्र त्यस अभियानको नेतृत्व गर्न सक्ने विश्वास जनतामा स्थापित हुँदै गइरहेको छ ।’

जनताका बीचमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनप्रति वितृष्णा बढेर गएको छ । यद्यपि संसदीय दलहरुको उक्त गठबन्धनले जनतामा केही भ्रमहरु सृजना गरेका छन । ति भ्रमहरुबाट मुक्त पार्ने, भण्डाफोर गर्दै अभियान सहित हामी अगाडि बढिरहेका छौं । यससंगै संसदीय व्यवस्थालाई निर्विकल्प बनाएर लैजाने संसदवादी दलहरुको गठबन्धनको सोचको विपरीत यहाँका जनताहरु द¥हो रुपमा उठेका पाएका छौं । यसरी संसदीय व्यवस्थाप्रतिको वितृष्णा, प्रतिक्रियावादी राज्य व्यवस्थाको कारणले वैकल्पिक शक्तिको रुपमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललाई जनताले चुन्नेमा हामी सकारात्मक रुपमा आशावादी छौं ।

संसदीय व्यवस्था असफलसिद्ध भइसकेको छ । यस व्यवस्थाको विकल्पको रुपमा नयाँ जनवादी व्यवस्थाको स्थापना गर्नु पर्छ, संसदीय दलहरुबाट हुँदै आएका राष्ट्रघातका विरुद्ध राष्ट्रिय रक्षाको चेतना जागृत गराउने, वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय शोषणबाट मुक्ति नै मुख्य एजेण्डा रहेका छ । स्थानीय रुपमा यहाँ बाहुल्य रहेको आदिवासी जनजातिहरुको भाषा, संस्कृतिको संरक्षण, विकास र सम्बद्र्धनको मुद्दा पनि प्राथमिक रहेको छ र भूकम्पबाट प्रभावित जनताहरुको पुनर्वास र पुनर्निर्माण पनि उत्तिकै महत्वपूर्ण एजेण्डा रहेको छ । एमाले, काँग्रेस, माकेको नेतृत्वमा बनेका पटक पटकको सरकारले यहाँका भूमिपुत्रहरुलाई विस्थापित गर्ने मनसाय सहित गैरन्यायिक सडक विस्तार जुन गरिरहेको छ, त्यसको विरुद्धमा आइएलओ १६९ अनुसार आदिवासी भूमि र सम्पत्ति सम्बन्धी नीतिको आधार सरोकारवाला सहितको संयन्त्र बनाई अगाडि बढाउनु पर्ने एजेण्डा पनि स्थापित गरेका छौं ।

यसरी अभियान चलाउँदै जाने क्रममा जनताले हामीलाई वैकल्पिक शक्तिका रुपमा लिएका छन् । अहिलेको संविधानले वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडन, शोषणबाट मुक्त गर्न नसक्ने त्यसको लागि जनवादी संविधान नै आवश्यक महसुस जनतामा पु¥याएका छौं । योसँगै जनतामा फेरी एकचोटी आन्दोलन, संघर्ष र विद्रोह आवश्यक रहेको चेतनालाई जागृत बनाउँदै लैजान र देजमो, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी)ले मात्र त्यस अभियानको नेतृत्व गर्न सक्ने विश्वास जनतामा स्थापित हुँदै गइरहेको छ । जनयुद्धको नेतृत्वकारी प्रचण्डले तत्कालिन संसदीय दलहरुसँग मिलेर धोका दिएको कारणले नेपालमा प्रतिक्रान्ति भयो । त्यसको विकल्प, वैकल्पिक धारको रुपमा नेकपा (क्रान्तिकारी माओवादी), देजमो, नेपाल मात्र अहिलेको धरातलमा वास्तविक अग्रगामी राजनीतिक शक्ति रहेको जनतामा स्थापित भएको पायौं । (कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर