संसदीय व्यवस्थालाई बचाउनु थियो भने १३ हजारलाई किन सहिद बनाइयो प्रचण्डले जवाफ दिनु पर्दैन ? : गजुरेल

संसदीय व्यवस्थालाई बचाउनु थियो भने १३ हजारलाई किन सहिद बनाइयो प्रचण्डले जवाफ दिनु पर्दैन ? : गजुरेल

टेकबहादुर मास्कीराना/कपिलवस्तु । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपि गजुरेलले जनगणतान्त्रिक व्यवस्था स्थापनाका लागि आफूहरुले चुनावलाई उपयोग गरेको बताउनुभएको छ ।

प्रतिक्रियावादी राज्य व्यवस्थाको अन्त्य गरी जनगणतान्त्रिक व्यवस्था ल्याउन देजमोका उम्मेदवारलाई मुठ्ठी चिन्हमा मतदान गरेर जिताउन पनि उहाँले आग्रह गर्नुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, कपिलवस्तु क्षेत्र नं ३ ले मंगलबार बहादुरगंजमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदैं गजुरेलले सो कुरा बताउनुभएको हो ।

बहुदलीय संसदीय व्यवस्था फाल्नकै लागि जनयुद्ध गरिएको स्मरण गदैं गजुरेलले त्यही व्यवस्थालाई बचाउनु थियो भने १३ हजारलाई किन सहिद बनाइयो माकेका अध्यक्ष प्रचण्डलाई प्रश्न गर्नुभयो ।

विदा गरिएको राजा ल्याउने शक्तिसंग चुनाबी एकता गर्ने कांग्रेस र कम्यु्निष्टको नाममा संसदीय भासमा दुवेको एमालेसंग चुनावी एकता गर्ने माके दुवै जनता ठग्न बनेको गठबन्धनको टिप्पणी गर्नुभयो । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता समेत रहनुभएका गजुरेलले आफ्नो पार्टीले मोर्चा मार्फत चुनावलाई उपयोग गरेको बताउँदै बर्तमान संविधानको खारेजी र संसदीय व्यवस्थाकै विरोधका लागि चुनावमा भाग लिएको तर्क गर्नुभयो । उहाँले संविधानलाई पश्चगामीको संज्ञा दिंदै अहिले आन्दोलनको वातावरण नभएकाले आफूहरु चुनावमा भाग लिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य प्रेम सुवेदी, केन्द्रीय सदस्य तथा कपिलवस्तु क्षेत्र नं १ का प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार समिर केसी, ज्ञानीराम पुरी लगायतले बोल्नुभएको थियो । कार्यक्रम कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अब्दुल सलाम खानको अध्यक्षता तथा आकाशको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तैं नवलपुरको सुनवलमा भएको चुनावी सभालाई पनि देजमोका अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्नुभएको छ । उहाँले सो अवसरमा बोल्दैं अहिलेसम्म शासन सक्तामा रहेका र निर्वाचनपछि पनि शासन सत्तामा गएर जनता र मुलुकलाई ठग्नेसंँग सचेत रहन आग्रह गर्नुभयो ।