काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल नेपाल लेखक संघले संयुक्त रुपमा एक अपील जारी गर्दै क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको निर्वाचन चिन्ह ‘मुठ्ठी’ मा मतदान गरी मोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन प्राध्यापक, बुद्धिजीवी, जनसाँस्कृतिककर्मी, लेखक, कलाकार तथा नागरिक समाजका नाममा सार्वजनिक अपील जारी गरेको छ । जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी र लेखक संघका अध्यक्ष मित्रलाल पंज्ञानीले बुधबार जारी वक्तव्यमा यस्तो अपील गरिएको हो ।
वक्तव्यमा भनिएको छ, “नेपालमा जनगणतन्त्रको स्थापनाको तयारी, दलाल, नोकरशाही पुँजीपति र सामन्तवर्गको अन्त्य, सबैखाले असमान सन्धिसम्झौताहरुको खारेज, साम्राज्यवाद, विस्तारवादको हस्तक्षेप र उत्पीडनबाट राष्ट्रलाई मुक्त, राष्ट्रिय स्वाधीनताको रक्षा, प्रतिक्रियावादी गठबन्धनको तानाशाहीबाट नेपाली समाजलाई मुक्त, स्वदेशमै युवाहरुलाई स्वरोजगार दिलाउन, भ्रष्टाचारमुक्त समाज बनाउन, सहिदहरुको उच्च सम्मान, सहिद परिवारलाई राहत, वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक, वेपत्ता परिवारलाई राहत उपलब्ध, मजदुर, किसान, सुुकुम्बासी, सर्वहारा तथा दलित, महिला, मधेसी, आदिवासी जनजाति र पिछडिएका वर्ग र क्षेत्रलाई मुक्त गर्न गराउन तथा क्रान्तिकारी आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन र नयाँ जनवादी व्यवस्था स्थापना गर्न नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको मुठ्ठी चिन्हमा मतदान गरी मोर्चाका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराउन र वाम गठबन्धनका नाममा गैरक्रान्तिकारी, गैरकम्युनिष्टहरुले फैलाएका भ्रमहरुमा समेत सतर्क र सचेत रही संसदीय व्यवस्थाका विकल्पमा उठेका मोर्चाका उम्मेदवारहरुलाई सक्रिय समर्थन गरी सहयोग पु¥याउनुहुन समेत हामी श्रमजीवी वर्गको मुक्तिका पक्षधर आम प्राध्यापक, बुद्धिजीवी, साँस्कृतिकर्मी, लेखक, साहित्यकार, कलाकार तथा बौद्धिक नागरिक समाजमा हार्दिक अपील गर्दछौं ।”