धरपकड र गिरफ्तारीको भत्र्सना गर्दै विनाशर्त रिहाइको माग

धरपकड र गिरफ्तारीको भत्र्सना गर्दै विनाशर्त रिहाइको माग

इटहरी । चुनावमा आफ्नो पार्टीका उम्मेदवारको पक्षमा शान्तिपूर्ण रुपमा चुनावी प्रचार प्रसारमा खटिएका कार्यकर्तामाथि प्रहरी प्रशासनद्वारा विनाकारण धरपकड र गिरफ्तारी गरिएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) सुनसरीले घोर भत्र्सना एवम् कडा शब्दमा घटनाको निन्दा गरेको छ ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज मनोज श्रेष्ठले मंगलबार एक वक्तव्य जारी गर्दै चुनावी प्रचार प्रसारमा रहेका पार्टीका सुनसरी जिल्ला सदस्य तथा सुनसरी १ नं. निर्वाचन क्षेत्र निर्वाचन परिचालन समितिको सचिवालय सदस्य समेत रहेका सुर्य राईलाई गिरफ्तार गरेको भन्दै राईलाई विनाशर्त रिहाई गर्न माग गर्नुभएको छ ।