वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्नो साम, दाम, दण्ड, भेद सबै हत्कण्डा प्रयोग गरी, भ्रम फैलाई चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यस खालको संसदीय चुनावमा हाम्रो भर्खरै आएको देजमो, नेपालको सामु चुनौति थुप्रै नै छन् तर पनि आन्दोलनको निरन्तरता र इमान्दारिताले जनतामा अत्यन्तै सकारात्मक प्रभाव रहेको छ । जहाँ पुगे पनि जनताको न्यानो माया, साथ र समर्थन हामीले प्राप्त गरीरहेका छौं । संसदीय दलहरुको विभिन्न घेराबन्दीलाई प्रतिरोध गर्दै जनताले स्वतन्त्र ढंगले मत खसाल्ने स्थितिमा हाम्रो मोर्चा, पार्टीले अत्यन्तै राम्रो गर्ने, जीत हुनेमा दुईमत नहोला तर अहिलेको स्थितिमा संसदीय दलहरुको घेरावन्दी तोडिहाल्न सक्ने स्थिति बनिसकेको छैन । तर पनि आशावादीकासाथ हामी अगाडि बढिरहेका छौं ।

संसदवादी दलहरु विचार, सिद्धान्त, जनपक्षीय कार्यक्रमहरुको आधारमा भन्दा पनि पैसा, शक्ति, पहुँचको आधारमा चुनावी माहोल आफ्नो पक्षमा पार्न उद्दत छन् भने हामी विचार, राजनीति, सिद्धान्तका आधारमा जनतालाई सुस्पष्ट पार्दै गोलबन्द गर्दै अगाडि बढिरहेका छौं । हामी जनतालाई भ्रष्टाचार मुक्त समाजको ग्यारेन्टीसहित सुशासन भएको समाज निर्माण यी संसदवादी दलहरुबाट सम्भव नहुने कुरा स्पष्ट पार्दै देजमो, नेपाल तथा क्रान्तिकारी माओवादी रोज्न आव्हान गर्दै गइरहेका छौं । समाजका विकृति, विसंगतिहरु, बेरोजगारका समस्याहरु, जनजीवनका समस्याहरु चुलिएको छ, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न नयाँ आएको भनिएको व्यवस्था पनि असफल भएको छ, आंशिक रुपमा सफल भएको भनिएका धर्म निरपेक्ष, गणतन्त्र, संघीयताले जनताका समस्या समाधान भएका छैन ।

यी सबैका कारण क्रान्ति, आन्दोलन प्रति गद्दारी, धोका नै हो । क्रान्तिलाई निरन्तरता, आन्दोलनलाई पुनः उठाउने भनेको क्रान्तिकारी माओवादी हो, देजमो, नेपाल हो । सेटब्याक खाएको क्रान्तिलाई सम्पन्न गर्ने शक्ति यही हो भन्दै जनतासँग एकाकार भई जाने हो । क्रान्तिका लागि धेरै कुर्नुु पर्ने देखिन्न । जनता अझै आशावादी भई क्रान्तिकारी माओवादी र देजमो, नेपाल तर्फ नै हेरेर बसेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर