संसदवादीहरुले जनतालाई भेडाबाख्राजस्तै किनबेचको साधन बनाउँदै छन्

संसदवादीहरुले जनतालाई भेडाबाख्राजस्तै किनबेचको साधन बनाउँदै छन्

नुवाकोट–२ मा वाम र लोकतान्त्रिक गठबन्धन बीचकै रस्साकस्सी छ । तर नैतिक हिसाबले क्रान्तिकारी माओवादी, देजमो, नेपालप्रति आम जनताको सेन्टिमेन्ट रहेको छ । गठबन्धनकारीहरुले अहिले जवर्जस्त रुपमा फैलाइएको भ्रम, ह्विमका वीचबाट जनताहरुलाई स्पष्ट पारिनु आवश्यक छ । वामगठबन्धनकारीहरुले साम्यवादी व्यवस्था ल्याउँदै छौं भन्ने देखि लोकतान्त्रिक गठबन्धनकारीहरुले विकासे भ्रमहरुको जवर्जस्त रुपमा फैलाएका छन् । तर हामी जहाँ जहाँ पुगेका छौं, त्यहाँ जनताहरुमा त्यस्ता भ्रमहरुलाई चिरदिने र गठबन्धनकारीहरुको वास्तविकता बताइदिए पछि हाम्रो पार्टी, मोर्चाप्रति सकारात्मक भएका छन् ।

योसंगै हाम्रो राम्रो सांगठनिक आधारहरु पनि तयार हुँदै गइरहेको स्थिति छ । घोषणा पत्र, पर्चा, कोण सभा, अन्तक्र्रिया आदि कार्यक्रमहरु पछि जनतामा द¥होसित स्थापित के भएको छ भने संसदवादी दलहरुको विरुद्धमा प्रतिवाद गर्ने, सशक्त आवाज उठाउने एक मात्र शक्ति भनेको देजमो, नेपाल तथा क्रान्तिकारी माओवादी रहेको छ, साथै उहाँहरुको आशा र सुभेच्छा पनि यही छ कि यो शक्ति राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई सशक्त रुपमा उठाउने नेतृत्वकारी शक्ति बनोस् । त्यसकारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई सदनदेखि सडकसम्म उठाउनको लागि देजमो, नेपाललाई जिताउनु पर्ने, स्थापित गराउनु पर्ने र अगाडि बढाउनु पर्ने आवश्यक छ ।

आफुलाई ठुला दल भन्नेहरुले जनतालाई भेडाबाख्रा सरी नीच व्यवहार गरी पैसा, लोभलालच, प्रलोभनमा फँसाएर किनबेच गर्ने, जनतालाई ताँवाबाट भुङ्ग्रोमा, भुङ्ग्रोबाट तावामा पार्ने अवस्थामा राखिराखेका छन् र यसैलाई उनीहरु निरन्तरता दिन खोजिरहेका छन्, यस्तो स्थितिबाट जनतालाई मुक्त गराउने सोच, दृष्टिकोण मात्र देजमो, नेपाल र क्रान्तिकारी माओवादीसँग छ, यसर्थ जनताले दलाल नोकरशाही तत्वहरुको राज्यव्यवस्था आउनबाट रोक्न र नयाँ मुक्ति आन्दोलनको शुरुवात, संगठित गर्नको लागि, राजनैतिक दलहरुको हेयको व्यवहार विरुद्ध खबरदारी गर्न देजमो, नेपाललाई जिताउन आवश्यक छ । (कुराकानीमा आधारित)