रोल्पामा आठवटा पार्टीहरु चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा वाम मोर्चा, लोकतान्त्रिक मोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरु छन् । रोल्पाली जनताले आमरुपमा एउटा वाम, एउटा लोकतान्त्रिक र अर्काे जनपक्षीय मोर्चा छ, त्यसमा पनि वैकल्पिक शक्ति र जनताको मोर्चाको रुपमा देजमो, नेपाललाई लिइरहेका छन् । यो अझ स्थापित हुने क्रममा रहेको छ । अभियानको दौरानमा हिजो जनयुद्धका सम्बन्धहरु पुनर्ताजगी भएका छन्, नयाँ भइकन पनि मोर्चासित जनसम्बन्ध अझ प्रगाढ बन्दै गइरहेको स्थिति छ । माके कहिले काँग्रेससित मिल्न जाने, कहिले एमालेसँग, यसले गर्दा यी तिनवटै दलहरुको राजनैतिक रंग यहाँ हराएको जस्तै भएको छ । जनतामा जुन जोगी आएपनि कानै चिरेका भन्ने छाप अझ गाढिएको छ ।
त्यसैले पनि यहाँका जनताहरुको ध्यान, रुची र सहभागिता यो चुनावमा खासै रहेको छैन । जनतामा क्रान्तिकारी माओवादी पार्टी र देजमो, नेपालप्रति बढी आशावादी देखिएका छन् । गणतन्त्र आइसकेपछि काँग्रेसले विपीको पालामा राजतन्त्रसँग जोडिएको राष्ट्रियतालाई निरन्तरता दिएको छ कि नयाँ दृष्टिकोण ल्याएको छ, त्यो स्पष्ट छैन । लोकतान्त्रिक भन्ने काँग्रेसको गठबन्धन राजतन्त्र पुनस्र्थापना भन्ने राप्रपासँग छ, यो कस्तो प्रकारको लोकतान्त्रिक गठबन्धन हो ? प्राकृतिक श्रोत साधनहरु जुन पहिले आफ्नो पालामा बेचिएका थिए, ती फिर्ता ल्याउन काँग्रेसले पहल गर्ने कि नगर्ने ? एमाले र माके वीचको गठबन्धन आधार केपी ओली प्रधानमन्त्री, प्रचण्ड राष्ट्रपति र एक मधेस एक प्रदेशलाई पारित गर्ने शर्तमा भारतीय डिजाइनअन्तर्गत भएको देखिन्छ, न कि यी पार्टीहरुको बुद्धि, विवेकले भएको देखिन्छ । यसरी बाहिरी शक्तिहरुको प्रायोजनमा बनेको गठबन्धन के कसरी अगाडि जाने भन्ने कुरा गठबन्धनकारीहरु नै स्पष्ट हुने भएनन् । यो गठबन्धन भनेको चीन विरुद्ध लड्न भारतले उच्चस्तरीय कुटनैतिक खेलको परिणाम मात्रै हो । यी कुराहरु जनतामाझ झन स्पष्ट बन्दै गइरहेका छन् । माके पार्टी दिनप्रतिदिन झन झन रंग बदल्दै, स्वादविहिन हुँदै अस्तित्वविहिन हुँदै विलिन हुने अवस्थामा पुग्दैछ ।
काँग्रेस विपीको समाजवादमा हिडेन । एमालेले बहुदलीय जनवाद बेची खायो । तत्कालिन माओवादीले ल्याएको एक्ककाइसांंै शताब्दीको जनवाद पनि रद्दीको टोकरीमा मिल्क्याइयो । यसरी उनीहरुले अगाडि सारेका सैद्धान्तिक सपनाहरु असफल भएको अवस्थामा फेरि पनि सपना देख्नुपर्छ, जनपक्षीय समस्याहरु जहाँको त्यहीँ छन्, त्यसबाट मुक्त हुन, बेचिएका प्राकृतिक श्रोत साधनहरु फिर्ता लिन, विदेशीएका युवाहरुको रगत पसिनामा साटिएका पैसामा गगनचुम्बी महल खडा गरी मोजमस्ती गर्ने, एकातिर लोकतन्त्र, प्रजातन्त्रको कुरा गर्ने ठुला दल नामधारीहरुले अर्काेतिर राजनैतिक दलहरुलाई नै समाप्त पार्ने किसिमको चुनाव चिन्ह नदिने, एउटा सिट जित्नै पर्ने, थ्रेसहोल्ड राख्ने, आफ्नो अनुकुल मात्रै नीति नियम बनाउने लगायत गलत चीजहरुको भण्डाफोर गर्नैपर्छ, लोकतान्त्रिक, प्रजातान्त्रिक प्रक्रियाबाट टाढिँदै गएको कुारा जनतामा अझ ब्यापक ढंगले पु¥याउनै पर्छ ।
आफ्ना निहीत स्वार्थ पूरा गर्न उनीहरु अहिले देशलाई दुईदलीय व्यवस्थामा लगेर फासिवादको अभ्यास गर्न खोजिरहेका छन् । त्यसको व्यापक भण्डाफोर गर्नैपर्दछ । निर्वाचनको उपयोगको नीतिसहित नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने सांगठानिक आधार तयार पार्ने उद्देश्य लिएर जनताबीचमा जाँदै गर्दा जनताले हामीप्रति निकै ठूलो आशा र अपेक्षाका साथ हेरिरहेको अनुभूति भइरहेको छ । त्यसमा खह«ो रुपमा उत्रने प्रयास जारी राखेका छौं । उत्पीडित, शोषित, सिमान्तकृतहरु जनसमुदायका लागि हामी नै वैकल्पिक राजनीतिक शक्ति भएका छौं । (कुराकानीमा आधारित)